ताजा समाचार


रामेछापमा ट्याक्टर दुर्घटना  : एक जनाको मृत्यु दुई घाइते

 नेपाल बाहक    १७ भाद्र २०७६, मंगलवार १०:५६     377 जनाले पढ़िसके

रामेछाप १७ भदौ ।
मन्थलीन नगपालिका –२ बान्दे्रमा ट्याक्टर दुर्घटना हुँदा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मन्थलीबाट लिखु तामाकोसी गाउँपालिका–६ खिम्ति तर्फ सिमेन्ट लिएर गएको ना ६ त ६३०१ नं ट्याक्टर दुर्घटना हुँदा टयक्टर चालक मन्थली नगरपालिका–१ का अन्दाजि वर्ष ३५ का धु्रव रोक्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए ।
घटना परि अन्य २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मन्थली नगरपालिका – ७ का २२ वर्षिय रोशन परियार र दोरम्बा गाउँपालिका–५ का १७ वर्षिय दिनेश नेपाली रहेका छन् । घाइते मध्ये एजना गम्भिर घाइते भएकोले उनलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । ट्क्टर सडकबाट किरिव एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।