रामेछाप, २३ भदौ ।
४० औँ राष्ट्रिय साक्षरता दिवसको अवसरमा रामेछापको खाँडादेवी गाउँपालिकालमा माध्यामिक विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता गाउँपालिका शिक्षा समितिका संयोजक पुष्कर कार्कीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठको विशिष्ट आतिथ्यतामा आइतबार सम्पन्न भएको हो ।
गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा गाउँपालिका भरिका १२ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएका थिए । जसमा विष्णु जनाज्योती मावि आँगेटार पहिलो , श्री भारती मावि मेगर्पा दोस्रो , श्री मावि राकाथुम तेस्रो र वुद्ध भवानी मावि माकादुम सान्त्वना भएको गाउँपालिका शिक्षा समितिका संयोजक पुष्कार कार्कीले जनाकारी दिए ।
प्रतियोगितामा पहिलो , दोस्रो , तेस्रो र सान्त्वना हुने विद्यालयहरुलाई क्रमस नगद ५ हजार , ४ हजार ,३ हजार र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा २०७५ सालको एस।इ,ई मा ए प्लस र ए श्रेणीमा उत्तिर्ण हुने १४ जना विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेमा भारती मावि मेगर्पाका अमृता भण्डारी ,अन्जिता भण्डारी ,श्री मावि राकाथुमका अनिता श्रेष्ठ,विवेक तामाङ,रोशन श्रेष्ठ र सुदिन श्रेष्ठ ,विष्णु जनज्योती मावि आँगेटारका सुनिल विक रहेका छन् ।
त्यसैगरी प्रगतिशिल मावि भिरपानीका रोशन श्रेष्ठ ,बुद्ध भवानी मावि माकादुमका रामशरण बुढाथोकी ,प्रयाज्ञश्वर मावि पकरवासका नवराज मानन्धर ,मौसम मैनाली ,होम बहादुर श्रेष्ठ ,सन्दिप मानन्धर र बलराम कार्की रहेका छन् । कार्यक्रममा खाँडादेवी गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरुमा योगदान गर्ने ९ जना पुर्व शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो