ताजा समाचार


बर्ष भरिमा आठ लाख जनाले आत्मा हत्या गर्ने गरेको डब्लुएचओको दाबि

 नेपाल बाहक    २४ भाद्र २०७६, मंगलवार १२:२९     452 जनाले पढ़िसके

बिश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी हरेक वर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।प्रतिवेदनमा आत्महत्या गरेर ज्यान गुमाउनेको भन्दा धेरै बढी अन्य घटनाबाट ज्यान गुमाउनेको संख्या रहेको उल्लेख गरिएको छ । विषेशगरी युद्ध, हत्या, स्तन क्यान्सरलगायतका कारण नै मानिसको मृत्युका मुख्य कारण रहेको डब्लूएचओले सार्बजनिक गरेको प्रतिबेदनमा उल्लेख गरेका छ । सोमबार सर्बाजनिक गरेको विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ । तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ । तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४।२ प्रतिशतले मात्रै घटेको छ ।