ताजा समाचार


रामेछाप पनि डेंगुको बिरामि फेला : सावधानी अपनाउन चिकित्सकको आग्रह

 नेपाल बाहक    २६ भाद्र २०७६, बिहीबार ११:५०     695 जनाले पढ़िसके

रामेछाप , २६ भदौ ।
रामेछाप जिल्लामा पनि डेंगुका बिरामि भेटिएका छन् । लिखुतामाकोसि गाउँपालिकाकी ५ बर्षिउ अनिसा महतमा डेंगु फेला परेको हो । महतलाई ज्वरो आउने,रिंगटा लाग्ने तथा कमजोर महुशस भएपछि उनलाई काठमान्डौस्थित बालमैत्री अस्पताल महाराजगञ्ज लगिएको थियो । परिक्षणका क्रममा चिकित्सकले उनलाई डेंगु भएको पुष्टि गरेका परिवारजनले जनाएका छन् ।
देशैभरी डेंगु रोगको संक्रमण फैलिएपछि जिल्ला स्वास्थ्य कार्यलय रामेछापले सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । विगत केहि दिनदेखि देशको ५६ जिल्लामा डेंगु रोगको संक्रमण फैलिसकेको र हालसम्म डेंगुबाट ६ जनाको मृत्यु समेत भइसकेको छ । ६ हजार भन्दा बढी बिरामी परेका छन् ।