ताजा समाचार


दशैँका लागि अग्रिम टिकट असोज ५ गतेदेखि खुल्ने

 नेपाल बाहक    २६ भाद्र २०७६, बिहीबार १२:५२     348 जनाले पढ़िसके


रामेछाप, २६ भदौ ।
२०७६ सालको दशैको लागि अग्रिम टिकट बुकिङ असोज ५ गते देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहिबार भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति हो । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने कुरा राखेको पनि सिटौलाले बताउनुभयो ।