रामेछाप ३१ भदौ ।
रामेछाप जिल्ला पुननिर्माण प्राधिरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाई शिक्षाको मातहतमा टेण्टर प्रक्रियाद्वार निर्माण भई रहेका विद्यालयहरुको पुननिर्माणको अवस्थाको बारेमा जिल्ला स्तरीय टोलिले मंगलबार अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी लीला कुमारी के सी पाण्डेको नेतृत्वमा गएको टोलीले मन्थली नरपालिकाका विभिन्न वडामा निर्माण भई रहेका विद्यालयहरुको स्थलगत अवलोकन गरेको थियो । टोलीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली काङ्ग्रेस रामेछापका सचिव लेख बहादुर कार्की, जिल्ला समन्वय अधिकारी राजेन्द्र कुमार के सी , प्रमुख कोष नियन्त्रक उमाकान्त आचार्य, जिल्ला कार्यक्रम कार्यान्वयन इकाई शिक्षा रामेछापका प्रमुख निर्मल कुमार घिमिरे, प्रहरी नायब उपरिक्षक सन्तोष भट्टराई तथा प्राविधिक र पत्रकार सहितको टोलिले अनुगमन गरेको हो । टोलिलेनिर्माणाधीन श्री मा वि सिकराल, मनकामना मा वि नाटिला, श्री मा वि हरेचिन्डे र कालीदेवी मा वि फुलासी पोखरीको अनुगमन गरेको हो।
शर्मा । खानी जेवि ले रामेछापमा भुकम्पले क्षति भएका १२ वटा माध्यामिक विद्यालयहरुको पुननिर्माणको काम गरि रहेको छ । १८ महिनाको समयावधि पाएको सो कम्पनीले निर्माण कार्य सरु गरेको ८ महिना वितेको छ । ८ महिनाको बिचमा ६० प्रतिशत भन्दाबढी काम सकिएको कम्पनिका प्रतिनिधि रामबाबु घिमिरेले जानकारी दिए । उनले निर्धारित समय अगाडी नै निर्माणकार्य सम्पन्न हुने पनि बताए ।
टेण्डर प्रक्रियाबाट निर्माण भई रहेका १२ विद्यालयहरु कुल ९८ करोड रुपैयाँको लागतमा निर्माण भई रहेको जिल्ला कार्यक्रम कार्यान्वयन इकाई रामेछापका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिए । उनका अनुसार आउने शैक्षिकसत्र अघि नै १२ वटै विद्यालय भवनको पुननिर्माणको काम सम्पन्न हुन बताए ।
अहिले जिल्लाका तमाकोसी जनजागृति मावि खिम्ति , श्रीमावि ज्यामिरेखानी, श्रीमावि सिक्राल, मनकामना मावि नाटिला, श्रीमावि हरिचिण्डे, स्थानपति मावि पुरानागाउँ, कालिकादेवी मावि पोखरी, मानेडाँडा मावि पिङ खुरी, महालंगुर मावि गुम्देल, भरती मावि मेगर्पा, अग्लेश्वर मावि दिमी र बालमावि भिरकोटका सुविधासम्पन्न बाल तथा अपाङ्ग मैत्री सुविधासम्पन्न विद्यालयभवनहरुको निर्माण कार्य चरि रहेको छ । ती विद्यालयहरु यशियाली विकास बैंको सहयोगमा निर्माण भई रहेका छन् ।