काठमाण्डौ ३१ भदौ । नेपाल राष्ट्र बैंकले हेरेक बर्ष यो साल पनि नयाँ नोट साट्ने भएको छ । बैंकहरुले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो हप्ताबाट र सर्वसाधारणलाई लागि असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
नयाँ नोट लिएका अरु वित्तस्य संस्थाले पनि असोज १० गतेदेखि मात्र नोट सटही सुरु गर्ने निरौलाले बताउनुभयो । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ तथा सुकिला नोट वितरण गर्ने योजना बनाएको बताएको छ । बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट सटही गर्ने छ ।