ताजा समाचार


सिन्धुलीमा बस दुर्घटना हुँदा १७ जना घाईते

 नेपाल बाहक    १ आश्विन २०७६, बुधबार १०:०३     291 जनाले पढ़िसके

रामेछाप, १ असोज ।
मरिण बाट काठमन्डौको लागि छुटेको ना ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका –६ कानढुंगामा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।
आज दिउसो १२ः १५ बजे बाटोमाथि बाट बगेर आएको लेदोमा चिप्लिएर बाटो बाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मरिण गाउँपालिका–४ का बर्ष ४ का सुलभ माझी र उनका बुवा बर्ष ३२ का बशन्त कुमार माझी र आमा रुपा माझी लाई धुलिखेल अस्पताल पठाइएको र अन्यको खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभएको छ ।