रामेछाप ४ असोज ।
रामेछापको मन्थलीमा रहेको नबजागरण बचत तथा ऋण सहकारीको बार्षिक साधरण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष श्याम थापाको अध्यक्षता र मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले गत आर्थिक बर्ष २०७५÷७६ मा १ करोड ४१ लाख ६ सय ४७ रुपैया नाफा कमाएको छ । कोषाध्यक्ष जगन्नाथ दाहालले ५ हजार ९ सय ९ जना शेयर सदस्यहरु मार्फत संकलन गरिएको २५ करोड,३४ लाख १९ हजार ५९ रुपैया बचत र ३ करोड ६३ लाख ४६ हजार ६ सय शेयर पँुजी मध्ये रु २६ करोड ११ लाख ४६ हजार ६ सय ३३ रुपैया ऋण लगानी बाट प्राप्त ब्याज र अन्य आम्दानी सहित उक्त नाफा भएको बताए । उनले हाल सम्म संस्थाको रु ३६ करोड १२ लाख १४ हजार ६ सय १६ रुपैयाको कारोवार एबं संम्पत्ति रहेको जानकारी दिए । कार्यक्रममा सहकारीका सचिब सोमेश थापाले नवजागरण बचत तथा ऋण सहकारी संस्थालाई गत आर्थिक बर्षमा नेफ्स्कुन दोलखा फिल्ड कार्यालयले उत्कृष्ठ बचत कारोवार गर्ने संस्थाका रुपमा सम्मानित गरेको , संस्था एक्सेस ब्राण्डमा जाने तयारी भैरहेको र चालु आर्थिक बर्ष देखि संस्थाका शेयर सदस्यहरुलाई १७ प्रतिशत शेयर लाभांस दिने गरी गत बर्षको तुलनामा शेयर लाभांसको प्रतिशत बृद्धि गरेको बताए । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका ब्यवस्थापक रमेश उदाश लाई उत्कृष्ठ कर्मचारीको रुपमा र पत्रकार रमेश ढुंगेललाई सहकारी क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारका रुपमा सम्मान एबं पुरस्कृत गरिएको थियो । त्यसैगरी ४ जना जेष्ठ सदस्य, ३३ जना असल शेयर सदस्य लाई सम्मान गरिनुका साथै ३६ जना शेयर सदस्यका बालबालिकाहरुलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
सहकारीले आफ्नो छाता संस्था रामेछाप बचत तथा ऋण सहकारी संस्था लाई १ थान स्टील दराज १÷१ थान टेवुल र कुर्सी सहित रु ३५ हजार बरावरको सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले ऐन नियम अनुसार नचल्ले जुनसुकै सहकारीलाई पनि कार्वाहि गरिने बताए । उनले सहकारीका शेयर सदस्यहरुले कृषि उपज उत्पादन गरे मन्थली नगरपालिकाले बिक्रि गर्ने बजार खोज्ने बताए । कार्यक्रममा शेयर सदस्य आनन्द श्रेष्ठ, जिल्ला सहकारी संघ रामेछापका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका संयोजक प्रज्ञान खड्का, जिल्ला युवा समिातिका अध्यक्ष प्रकाश कुमार कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशब घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाका रिक्त पदहरु साधारणसभा मार्फत पुर्ति गर्नुका साथै गत आर्थिक बर्षको सांगठनिक प्रतिबेदन , आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना साधारण सभाले पास गरेको छ ।