ताजा समाचार


रामेछापमा स्थानीय तहको वेरुजु बढेको प्रति सरोकारवालाको चिन्ता

 नेपाल बाहक    ६ आश्विन २०७६, सोमबार १२:३३     405 जनाले पढ़िसके

रामेछाप । असोज ६ गते
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जिल्लामा अनियमित भएको बेरुजुलाई उठाउनको लागि स्थानीय तहलाई आग्रह गरेका छन् । उनले अनियमिता भएको रकम उठाउन र कागज वा विधि नमिलेर भएको बेरुजुलाई प्रक्रिया मिलाएर फर्स्यौट गराउन आग्रह गरे ।
४० औ सामाजिक सेवा दिवसको अवसमा रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले यसको लागि जिल्ला समन्वय समितिले पहल गर्ने बताए । उनले समाज सेवा हाम्रो प्राचिन मान्यता रहेकोले यो कार्यलाई निरन्तरता दिनु पर्ने बताए ।
गैसस महासंघ नेपाल रामेछाप र युएसएडको सहयोग, एफएचआई ३६० तथा हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जावाफदेहीता परियोजनाको आयोजनामा भएको कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।
कार्यक्रममा हुराडेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले रामेछाप जिल्लाका ८ वटा स्थानीय तहको बेरुजुको अवस्थाको बारेमा जानकारी गराएका थिए । महालेखा परिक्षकको कार्याले आर्थिक वर्ष २०७४⁄७५ को रामेछापका ८ वटा पालिकाको सार्वजनिक गरेको लेखा परिक्षण प्रतिवेदनले जिल्लाका सबै पालिकाहरुको रकमनै अशुल गर्नु पर्ने बेरुजू रकम समेत रहेको देखाएको छ । त्यसैगरी कतिपय पालिकाका कर्मचारीहरुले लिएको पेश्कि समेत फर्स्यौट नभएको प्रतिवेदनमा उल्लेख छ ।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भूवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका नेता आनन्द श्रेष्ठले आर्थिक नियम नबुझेर वा बुभ्mन नचाहेर पनि बेरुजु बढ्दै गएको बताए । उनले यसको न्युनिकरणको लागि साझा प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै रामेछापका प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईले सामाजिक विसंगति अन्त गर्ने खालका सचेतना अभियानमा प्रहरी पनि हातेमाले गरेर जाने बताए ।
कार्यक्रममा संघिय समाजवादी पार्टीका नेता सोनाम ग्यापक, मन्थली नगरापलिकाका कार्यक्रम अधिकृत दीपक सुवेदी, आदिवासी जनजाति महासंघ रामेछापका सचिव श्रीबहादुर माझी, सामाजिक अभियान्ता विन्देश्वर थापा मगर लगायतले बोलेका थिए । छलफलको सहजिकरण गैसस महासंघका उपाध्यक्ष रत्नप्रसाद कँडेलले गरेका थिए ।