ताजा समाचार


रामेछापको रामेछाप र मन्थली बजारका होटल तथा पसल बाट ठुलो परिमाणको अखाद्य वस्तु वरामद

 नेपाल बाहक    ६ आश्विन २०७६, सोमबार १३:१५     364 जनाले पढ़िसके

रामेछाप । असोज ६ गते
रामेछापको सदरमुकाम मन्थली तथा पुरानो सदरमुकाम रामेछाप बजारबाट ठूलो परिमाणमा अखाद्य वस्तुहरु वरामद गरिएको छ । जिल्ला स्तरीय वजार अनुगमन समितिले सोमबार गरेको बजार अनुगमनको क्रममा ती सामानहरु बरामद गरिएका हुन् ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्राईको नेतृत्वमा गएको टोलीले मन्थली र रामेछाप बजारका ६० वटा पसल तथा होटलहरुमा अनुगमन गरेको थियो । सो क्रममा म्यद नाघेका, इजात नलिएका तथा सडेर पनि बिक्रिको लागि राखिएका सामानहर वरामद भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए ।
उनका अनुसार काजु, जुस, चामल, च्युरा, जिरा मसला, विस्कुट, चाउमिन, धनिया, पानी पुरीको मसला, किरा परेको राँगाको मासु, चियापत्ति , चकलेट लगायतका म्याद नाघेका खाद्य सामाग्रिहरु बरामद भएका छन् ।
त्यस्तै अनुमति नलिई राखिएका खैनी, चुरोट, म्यद गुज्रिएका कस्मेटीक सामान तथा घरमा लगाउने रंग र अन्य उपभोग्य सामानहरु समेत वरामद गरिएको उनले बताए । कुहिएको राँगो मासु बिक्रि गर्ने एमजी जनरल स्टोरलाई भने ५ हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए । सो पसलबाट ४० किलो कुहिएको राँगाको मासु वरामद गरिएको थियो ।