ताजा समाचार


स्थानिय सरकारले दिने सेवा सहज रुपमा नपाएको लिखु तामाकोसी गाउँपालिकाका सर्बसाधरणको गुनासो

 नेपाल बाहक    ९ आश्विन २०७६, बिहीबार १२:०८     254 जनाले पढ़िसके

रामेछाप । असोज ९ गते,
रामेछापको लिखु तामाकोसी गाउँपालिका सर्वसाधारणले स्थानीय सरकारले दिने सेवा सहजरुपमा नपाएको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले सो गाउँपालिको वडा नं १ र २ मा आयोजना गरेको स्थानीयको समस्या बारे छफल कार्यक्रममा स्थानीयले प्रमुख जिल्ला अधिकारी समक्ष सो गुनासो गरेका हुन् । छलफल कार्यक्रमा लिखु तामाकोसी–१ दुरागाउँका स्थानीयले वडामा वडा सचिव नभएको, पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा पशुवस्तुको उपचारमा समस्या भएको, कृषिका प्राविधिक गाउँमा नआएको, भूकम्पले घर भक्तिएकाहरु अझै पनि लाभग्राहीको सुचीमा नपरेका लगायतको गुनासो गरेका थिए । त्यसै गरी गाउँपालिकाका निर्वा्चित जनप्रतिनिधिहरुको बिवादको कारण विकास योजना प्राभावित भएको उनीहरुको गुनासो थियो ।
यसै गरी वडा नं २ सैपुका सर्वसाधारणले जिल्ला सदरमुकामदेखि गाउँसम्म आउने सडक बिग्रिदा दशैँमा गाउँ आउने सर्वसाधारणलाई समस्या हुने भएको,गाउँपालिकाको आन्तरिक विवादले गर्दा विकासका काम अघि बढ्न नसकेको तथा कर्मचारीले समेत तलव खान नपाउने अवस्था आएको गुनासो गरेका थिए । स्थानीयको गुनासो सुन्दै प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले रिक्त रहेको वडा सचिवको लागि लोकसेवा आयोगमा माग गरि पठाई सकिएकोले दशैैँ पछि कर्मचारी आउने बताइन् । उनले सहभागिका अन्य गुनासोको सम्बन्धमा सरोकारवालाई बोलाई छलफल गरेर समस्या समाधा गरिने बताइन् । नागरिकको गुनासो सुनी समस्या समाधानको लागि आपूm जिल्लाका ६४ वटै वडामा पुग्न लागेको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी सन्तोष भट्टराईले सामाजिक समस्या समाधानको लागि प्रहरी पनि सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।
लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्काले गाउँपालिकाको आन्तरिक समस्याको कारण हाललाई विकास बजेट रोकिएको भए पनि त्यो संधै कायम नरहने बताए । उनले समस्या समाधानको लागि आपूmले काम गरि रहेको बताए । लिखु तामाकोसी गाउँपालिकामा कार्यपालिका बैठकमा अध्यक्ष, उपाध्यक्ष र कार्यपालिक सदस्य बिच बजेट विनियोजनको बिषयमा विवाद हुँदा विकास बजेट प्रभावित भएको छ । गाउँ कार्यपालिकाको बैठक बस्न नसक्दा दशैँको मुखमा कर्मचारीलाई तलव खुवाउने तथा सामाजिक सुरक्षा भत्ता वितरणको काम समेत प्रभावित भएको छ । यसै बिच लिखु तामाकोसी गाउँपालिका १ वर्षाको कारण भर भत्किएर ज्यान गुमाएका १० वर्षिय मनिष थापाका बाबु मनोज थापालाई जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट प्रजिअ केसीले नगद एक लाख तथा घरायसी प्रयोगका सामाग्रि पनि उपलब्ध गराएकी थिइन् ।