काठमान्डौ १२ असोज ।
तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । आइतबार सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।
खेल सुरु भएको दोस्रो मिनेटमा नै भारतका विक्रम पर्तापले पहिलो गोल गर्दै भारतलाई अग्रता थिए । खेलको ४० औँ मिनेटमा बंगलादेशका यसिनले गोल गर्दै बराबरीमा थिए ।
पहिलो हाफमा दुवै टिमले १–१ गोल गर्दा बंगलादेशका खेलाडीले दुई वटा रेड कार्ड र भारतका एक जना खेलाडीले एउटा रेड कार्ड पाए । दोस्रो हाफको ९१ औँ मिनेटमा भारतका रवि बहादुर रानाले टिमका लागि निर्णायक गोल गरेका थिए ।