ताजा समाचार


भारतमा भारी बर्षा पछि आएको बाढिका कारण एक सय भन्दा बढीको मृत्यु

 नेपाल बाहक    १३ आश्विन २०७६, सोमबार १३:००     390 जनाले पढ़िसके

काठमान्डौ ,१३ असोज ।
भारतका बिभिन्न शहरमा भारी बर्षापछि आएको बाढीमा परि एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश, बिहार र पटनामा बाढीले बढि असर गरेको भारतिय संन्चारहरुले समचारमा उल्लेख गरेको छ ।
समचारमा बाढीले शहरका थुप्रै घरहरु भत्केका , बाढि अस्पताल र घरमा पस्दा जनजीवन प्रभावित भएको समेत उल्लेख गरिएको छ ।
बाढीकै कारण अधिकांश स्कूल तथा कलेजहरु बन्द हुनुका साथै यातायात सेवा समेत अवरुद्ध भएका छन् ।
विहारको विभिन्न क्षेत्र र राजधानी पटनामा चारदिनदेखि लगातार बर्षा भइरहेको बताइएको छ ।
भारतको कर्नाटक र केरलामा मात्रे २८ जनाको मृत्यु भएको थियो ।

बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा बर्षेनी बाढीबाट सयौंको ज्यान जाने गरेको छ । (एजेन्सी)