ताजा समाचार


नायिका बिनिता बराल आमा बन्दै

 नेपाल बाहक    १३ आश्विन २०७६, सोमबार १३:१२     599 जनाले पढ़िसके

काठमान्डौ १३ असोज ।
चलचित्र चपली हाईट’मा चर्चा बटुलेकी नायिका बिनिता बराल आमा बन्ने भएकी छन् । केही बर्षयता देखि अमेरिकामा रहेकी उनले गर्भवती भएको तस्विर फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन् ।
तिलक पौडेलसँग विवाह गरेर अमेरिका गएकी थिइन् । बिनिताले फेसबुकमा ‘सानी बिनिता आउँदैछिन्’ लेखेकी छन् ।
उनको अमेरिकाको भर्जि्नियास्थित ‘बृन्दाबन टेम्पल’मा उनीहरुको विहे भएको थियो ।