रामेछाप , १४ असोज ।
आफुहरु सबै क्षेत्रबाट हेलाको पात्र बन्नु परेको जेष्ठ नागरीकहरुले गुनासो गरेका छन् । मंगलबार २९औँ अन्तराष्ट्यि ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनि हरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रमा बोल्दै जिल्ला ज्येष्ठ नागरिक संघका रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठले ज्येष्ठ नागरिकहरु सबै क्षेत्रबाट हेलामा परेको बताउनु भयो । कार्यक्रममा उहाँसरकारी तथा गैरसरकारी संघसंस्थाबाट हेपिने गरेको गुनासो गर्नुभयो । बैंक, सहकारी, सवारीसाधान, समाज, घरपरिवार, आफन्ता लगाएत हरेक क्षेत्रबाट उत्तिकै हेपाइमा परेको आरोप बताउनु भयो ।
कार्यक्रमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले मन्थली नगरपालिका बाट ६ हजार ज्येष्ठ नागरिकहरुले समाजिक सुरुक्षा भत्तालिदै आएको बताउनु भयो । साथै सो भत्ता बितरणको निम्ती ५ करोड बजेट निकास गरिएको प्रमुख बस्नेतले जानकारी दिनु भयो । उहाँले नगरापालिकाले विभिन्न विकासका काम अघि बढाएको जानकारी दिदै ज्येष्ठ नागरिकका निमित्ती स्वास्थ्य बिमा सहितको अत्याधुनिक अस्पताल खोल्न लागेको समेत बताउनु भयो ।
कार्यक्रममा मन्थली नगरपालिका नगर भित्रका २८ जना ज्येष्ठ नागरिकलाई सम्मान् गरिएको थियो । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले एक–एक थान न्यानो बलाङ्केट, तातो पानी पिउने गिलास, पानी तताउने इलेक्ट्कि जगसहित अविर लगाएर सम्मान गर्नुभएको थियोे ।
कार्यक्रमा सहभागि ज्येष्ठ नागरीकले रामेछापको विकासको कामना समेत थरेका गरेका थिए ।