ताजा समाचार


डीभी २०२१ का लागि आवेदन खुल्यो , पासपोर्ट नम्बर अनिबार्य

 नेपाल बाहक    १५ आश्विन २०७६, बुधबार ०४:१४     457 जनाले पढ़िसके


काठमन्डौ १५ असोज ।
२०२१ को लागि संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसाको लागि आवेदन खुल्ला गरेको छ। डिभि २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउदै आएको छ। डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

साथै यसपटकबाट अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ। तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।