ताजा समाचार


६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउँ

 नेपाल बाहक    १५ आश्विन २०७६, बुधबार ११:११     307 जनाले पढ़िसके

रामेछाप । असोज १५ गते,
६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ टोकरपुराका एक युवक प्रक्राउ परेका छन् । सोमबार राती जर्वजस्ती करणी गरि भागेका १७ बर्षका ती युवकलाई मंगलबार खाँडादेवी गाउँपालिकाको गाल्पा बजारबाट पक्राउँ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डि।एस।पि सन्तोष भट्राइले जानकारी दिए ।
उनले अहिले म्याद थपका लागि अदालत बन्द रहेकाले पक्राउँ पुर्जी स्वीकृत गरि थप अनुसन्धान गरिरहेको बताए । प्रहरीका अनुसार सोमबार साँझ पिडित बालिकालाई मोबाइल दिन्छु भन्दै आफ्नै घरमा बोलाएर ती युवकले बलात्कार गरेका थिए ।
बलात्कृत बालिका घरमा अएर रुन थालेपछि आमाले थप बुझ्ने क्रममा पीडित बालिकाले रुँदै घटनाको बिवरण बताएकी थिईन । बालिकालाई बलात्कार गरेपछि ती युवक भागेको भन्ने सूचना आउँनसाथ प्रहरीले सबै नाकाहरुको चेकजाच कडा पारी खोजी गरेको थियो । परिवारकै सूचनाको आधारमा प्रहरीले उनको खोजतलास गर्दै जाँदा मंगलबार बिहान ११ बजे ती युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको डि।एस।पि भट्राइले बताए ।