ताजा समाचार


दशैँ पछि खाडादेबिमा डाक्टर सहितको स्वास्थ्य सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष तामाङको भनाई

 नेपाल बाहक    १५ आश्विन २०७६, बुधबार १३:५३     482 जनाले पढ़िसके

रामेछाप १५ असोज ।

रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले यही दशैपछिबाट गाउँपालिकामा चिकित्सक सहितको स्वास्थ्य सेवा सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँपालिकामा बुधबार आयोजना गरिएको विजयादशमी तथा शुभदीपावलीको शुभकामना आदानप्रदान तथा साझेदारी मञ्च बैठक कार्यक्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाको समन्वय तथा गाउँपालिकाको अयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले गाउँपालिकाले नागरिकको सूचनाको अधिाकरको सम्मान गर्दै रेडियो कार्यक्रम सञ्चालनमा ल्याएको, सडक मर्मत कोष स्थापना गरि दशैँको लागि सडक मर्मत गरि रहेको, नियमित यातायात सेवा सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले महिला माथि हुने हिँसा नियन्त्रण तथा जुवा तास र अवैध मदिरा नियन्त्रणको लागि सम्बन्धित निकायलाई निर्देशन दिइ सकेको बताउँदै यस्ता कार्य गर्ने जो कोहीलाई पनि कारबाही हुने बताइन् । प्रमुख प्रशासकिय अधिकृत महाप्रसाद दंगालले नागरिबाट आएका सुझावको आधारमा पालिका अघि बढ्ने बताए ।
कार्यक्रममा वडा नं २ का वडाअध्यक्ष इन्द्रकुमार लामा, ५ का अध्यक्ष तुलशीदास श्रेष्ठ, ६ का अध्यक्ष पुष्कर कार्की लगायतले बालेका थिए । कार्यक्रमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, सामाजिक अगुवा, शिक्षक तथा कर्मचारीहरुले समेत गाउँपालिकालाई अघि बढाउनको लागि विभिन्न सुझाव दिएका थिए ।