ताजा समाचार


एनसीसीआई बैँकको मन्थली शाखा उद्घाटन

 नेपाल बाहक    १५ आश्विन २०७६, बुधबार १३:५९     368 जनाले पढ़िसके

रामेछाप १५ असोज । एनसीसीआई बैँकको २ सय ९३ ओ शाखाको रुपमा रामेछापको मन्थली शाखाको उद्घाटन भएको छ । शाखाको बुधबार मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले मन्थली जस्तो सानो बजारमा १४ वटा बैँक भएको अवस्थामा स्वस्थ्य प्रतिस्पर्धा गर्न बैँकहरुलाई आग्रह गरे । उनले रामेछापलाई खाद्यान्हमा आत्मनिर्भर हुने गरी लगानी गर्न पनि आग्रह गरे । उद्यमीलाई गर्ने लगानीमा ऋण र ब्याज नडुब्ने गरी मन्थली नगरपालिका बैकमा जमानी बस्न तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा बैकका ३ नं प्रदेशका उपप्रादेशिक प्रमुख प्रकाश कार्कीले बैकका देशभरि हालसम्म ३सय १ शाखा र ३ सय ५९ एटिएम स्थापना भएको बताए । कार्यक्रम मन्थली शाखा प्रमुख नयन थापाको अध्यक्षतामा भएको थियो ।