ताजा समाचार


६४ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी र जग्गा दाताहरु सम्मानित

 नेपाल बाहक    २४ आश्विन २०७६, शुक्रबार ०६:२२     271 जनाले पढ़िसके


रामेछाप । असोज २४ गते
६४ औ प्रहरी दिवसको अवसरमा रामेछापमा प्रहरी चौकी निर्माणको लागि जग्गा दिने जग्गा दाता, उत्कृष्ट काम गर्ने प्रहरी तथा प्रहरी सहिद परिवारका सदस्यहरु सम्मानित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार आयोजना गरेको प्रहरी दिवसको कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रितिको भवन निर्माणको लागि जग्गा दान गर्ने जग्गादाताहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिएको हो ।
यसैगरि जिल्ला प्रहरी कार्याल रामेछाप मातहतमा रहि उत्कृष्ट काम गर्ने प्रहरी निरिक्षकदेखि प्रहरी जवानसम्मलाई नगद पुरस्कारले सम्मानित गरिएको थियो । कार्यक्रममा सेवा गर्दा गर्दै ज्यान गुमाएका प्रहरीका परिवारलाई दोसल्ला वढाएर सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले प्रहरीले राजनीतिक प्रभावमा नपरि काम गर्नु पर्ने बताए ।
रामेछाकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रणमा निश्पक्ष, व्यावसायिक, पारदर्शी, जवाफदेही र नागरिक मैत्री भएका काम गर्न आग्रह गरिन् ।
रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईले नागरिकसँग हातेमालो गरि प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे