ताजा समाचार


नेपाली काँग्रेसको रामेछापको चियापान कार्यक्रम

 नेपाल बाहक    २६ आश्विन २०७६, आईतवार १३:०८     225 जनाले पढ़िसके

रामेछाप । असोज २६ गते,
हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन नेपाली काँग्रेसले गर्दै आएको गर्दै आएको चियापान कार्यक्रमलाई नेपाली काँग्रेस रामेछापले यस वर्ष पनि निरन्तरता दिएको छ । नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, सचिव लेखबहादुर कार्की लगायतका काग्रेसका नेता कार्यकर्ताहरुले चियापान कार्यक्रमका सहभागिहरुलाई स्वागत गरेका थिए । सहभागिलाई स्वागत गर्दै सभापति न्यौपानेले आपसी मेलमिलाप, शान्ति र भाइचाराको लागि विश्वेश्वर प्रसाद काईरालले थालेको चियापान कार्यक्रमलाई काँग्रेसले निरन्तरता दिएको बताए । चियापान कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्थली नगरपालिका प्रमुख रमेशकुमार वस्नेत लगायतका विभिन्न पालिकाका निर्वाचित जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत निजामति कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।