ताजा समाचार


प्राकृतिक प्रकोपमा परि रामेछापमा चार जनाको मृत्यु

 नेपाल बाहक    २६ आश्विन २०७६, आईतवार १३:१४     274 जनाले पढ़िसके

रामेछाप । असोज २६ गते,
जिल्लामा यस आर्थिक वर्षको सुरुदेखि हालसम्म प्रकोपममा परि ४ जनाको मृत्यु भएको छ । गएको साउनदेखि यता रामेछाप जिल्लामा बाढी पहिरोमा परि ४ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति रामेछापले जनाएको छ ।
प्रकोप नियन्त्रण दिवसको अवसर पारि मन्थलीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले सो कुराको जानकारी दिएकी हुन् । मृत्यु हुने मध्ये एक जना खालाले बगाएर र बाँकि घर भत्किएर ज्यान गुमाएका रहेको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेले जानकारी दिए ।
जिल्ला विपद व्यवस्थापन समितिले ज्यान गुमाएकाहरुको परिवारलाई गाउँमै गएर एक÷एक लाख रुपैयाँको दरले नगद सहयोग तथा रेडक्रशले राहात सामग्रि उपलब्ध गराएको थियो । यस अवधीमा बाढी पहिरा तथा आगलागिमा परि एक सय २ घरमा क्षति भएको छ । प्रकोप पीडितहरुलाई हालसम्म समितिले ११ लाख ५० हजार रुपैयाा वितरण गरेको छ । गएको २०७२ सालमा आएका विनासकारी भूकम्पको कारण रामेछापमा धेरै घरहरुमा क्षति पुगेको थियो । पीडितहरुले सरकारबाट राहात लिई भूकम्प प्रतिरोधि घर बनाएका भए पनि अझै पनि धेरै मानिसहरु भूकम्पले क्षति पुर्याएका पुराना घरहरुमै बसि रहेको छन् । जिल्ला नयाँ घर बनाएका ४० प्रतिशत भन्दा बढी मानिसहरु अहिले पनि पुरानै घरम बसि रहेको अनुमान गरिएको छ । त्यस्ता घरहरु बर्षाको बेलामा ढलेर बढी क्षति भएको छ । यस वर्ष घर भत्किएर ज्यान गुमाएकाहरु पनि तिनै पुरानो घर भत्किएर ज्यान गुमाउने रहेका छन् ।