ताजा समाचार


रामेछापमा ३६ हजार भन्दा बढि घरको पुनः निमार्ण सम्पन : अधिकंस मानिस पुरानै घरमा बस्दा जोखिम उच्च

 नेपाल बाहक    २७ आश्विन २०७६, सोमबार ११:४६     721 जनाले पढ़िसके

रामेछाप , असोज २७ गते ।
रामेछापमा भुकम्पले घरमा क्षति पुर्याएका अधिकाँस पीडितहरुले नयाँ घर निर्माण गरि सकेका छन् । तयाँ घर बनाए पनि अधिकाँस मानिसहरु पुरानै घरमा बस्दा उनीहरुको जीवन उच्च जोखिममा रहको छ ।
रामेछापमा २०७२ सालमा आएको विनासकारी भूकम्पले करिव ४८ हजार घरमा क्षति भएको अनुमान छ । ती मध्ये ४३ हजारले घर निर्माणको लागि सरकारसँग सम्झौता गरि पहिलो किस्ता रकम लिएका थिए । हालसम्म जिल्लामा ३६ हजारभन्दा बढी नयाँ घरहरु बनि सकेको पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्व्यन इकाई रामेछापका नायव सुब्बा दामोदर घिमिरे बताउँछन् ।
भुकम्प प्रभावितहरुले नयाँ घर बनाए पनि अधिकाँस मानिसहरु अहिले पनि भुकम्पले क्षति पुर्याएका पुरानै घरमा बसि रहेका छन् । नयाँ बनेको भुकम्प प्रतिरोधि घरहरु एक तले २ देखि ३ कोठे छन् । ती घरहरु मान्छे बस्न भन्दा पनि धाँस पात राख्न र बाख्रा कुखुरा थुन्न प्रयोग भएका पाइएका छन् ।
भूकम्प प्रतिरोधि घर बनाएकाहरु पुरानै घरमा बस्दा फेरी भूकम्प आयो भने ठूलो क्षति हुने खतरा रहेको छ । त्यति मात्र हैन वार्षा वा ठूलो हावा हुरी चल्दा समेत त्यस्ता घरहरु भत्किएर क्षति हुने डर बढेको छ । यस वर्षको वर्षामा रामेछापामा घर भत्कदा ३ जनाले ज्यान गुमाएकामा ती तीनै जना भूकम्पले क्षति पुर्याएका पुराना घरमा बसेका मानिसहरु थिए ।
नयाँ घर बनाएका मध्ये ४० प्रतिशत भन्दा बढी मानिसहरुले भूकम्पले क्षति पुर्याएका पुराना घरहरुको प्रयोग गरि रहेको अनुमान गरिएको छ । नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की भूकम्पले क्षति पुर्याएकै घरमा मानिसहरु बसि रहनु सुक्षाको लागि ठूलो चुनौती रहेको बताउँछन् । स्थानीय सरकाले केही सहुलियतको व्यवस्था गरेर भए पनि पुरानाघर भत्काउन लगाउनु पर्ने उनको भनाई छ ।