ताजा समाचार


रामेछापको गेलुमा एक वृद्ध मृत्य अवस्थामा फेला

 नेपाल बाहक    २८ आश्विन २०७६, मंगलवार १०:२९     296 जनाले पढ़िसके

रामेछाप , असोज २८ गते ।
मन्थली नगरपालिकाको गेलुमा एक वृद्ध मृत्य अवस्थामा फेला परेका छन् । रामेछापका जिल्लाको मन्थली नगरपालिका १२ का अन्दाजी ६५ बर्षका बिक बहादुर कार्की सोमबार आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएको रामेछाप प्रहरीले जनाएको छ । मृतक कार्कीको टाउकोमा गहिरो चोट लागेको भने उनको शरीरमा रगत समेत लतपत्तिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
मृतक कार्कीको टाउकोमा चोट भएकाले उनकोे हत्या भएको हुन सक्ने संका गरेको छ । अनुसन्धानको लागि घटनास्थल नजिकका दुई जनालाई नियान्त्रणमा लिएको पनि प्रहरी प्रवक्ता पौडेलले बताउनुभयो ।