ताजा समाचार


ससुराको हत्याको अरोपमा बुहारी पक्राउ

 नेपाल बाहक    २९ आश्विन २०७६, बुधबार १०:२४     259 जनाले पढ़िसके


रामेछाप , असोज २९ गते ।
जिल्ला प्रहरी कार्यलय रामेछापले आफ्नै ससुरा हत्याको आरोपमा एक जानलाई पक्राउ गरेको छ ,। ६५ वर्षका ससुरा डिकबहादुर अछामीको हत्या गरेको अरोपमा मन्थली नगरपालिका वडा नं १२ गेलुकी पार्वती अछामीलाई हो । आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई जाँच गर्दा उनको हत्या भएको हुन सक्ने आशंका अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा कान्छी बुहारी पार्वतीले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए । उनले दाउराको चिर्पट प्रहार गरि सुसुराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको यादवले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।