रामेछाप , असोज ३० गते ।
दशैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढेको छ । दशैँ मान्न घर आएकै मेसोमा नेपाली नागरिकताको प्रमाणपत्र बनाएर फर्कने मानिसहरुको कारण नागरिकताको प्रमाणपत्र लिनेहरुको भिड लागेको हो । रामेछाप जिल्लाको ठूलो जनसंख्या काठमाडौ तथा विभिन्न सहरी क्षेत्रमा बस्ने गर्दछ । त्यस्तै रोजगारीको लागि भारतका विभिन्न सहरमा जानेहरुको संख्या पनि ठूलो रहेको छ । दशैँमा घर फर्किका अभिभावकहरुले घर आएको बेलामा छोराछोरीको नागरिकना बनाई दिन वा काम र अध्ययनको लागि काठमाडौँ लगायत सहरमा बस्नेहरुको नागरिकाता बनाउन आउनेहरुको अहिले कार्यालयमा भिड लागेको छ ।
रामेछाकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे दशैँ पछि नागरिकता बनाउन आउनेहरुको निक्कै भिड बढेको बताउँछिन् । केहिदिन यता दैनिक २ सयको हाराहारिमा नागरिकाताको प्रमाणपत्र वितरण हुने गरेको उनले बताइन् । केही भारतमा काम गर्नेहरुले त्यहाँको मततादा परिचय पत्र वा रासनकार्ड बनाई सकेको भए पनि नेपाली नागरिकताको प्रमाणपत्र माग गर्न आएको बताउँदै सो कार्य गैरकानुनी हुने बताइन् । भारतमा मतदाता परिचयपत्र वा रासनकार्ड भएकाहरुले त्यहाँका ती सुविधा नत्यागेसम्म नेपाली नागरिकताको प्रमाणपत्र नपाउने बताइन् ।