रामेछाप, कात्तिक १ गते ।
रामेछापको सदरमुकाम रहेको मन्थली विमानस्थल आसपासको क्षेत्रका व्यवसायीहरुले विमानस्थलमा आउने यात्रुहरुलाई ठगी गरेको गुनासो आए पछि रामेछाप प्रशासनले अनुगमन गरेको छ । अनुगमनको क्रममा ठगि भएको र चर्को मूल्यमा सामान बिक्री गर्ने गरेको पाइएको छ।
अनुगनम गर्ने क्रममा मन्थली विमानस्थल क्षत्रेका ब्यवसायिहरुले खाद्य बस्तुको तोकेको भन्दा ४ गुणासम्म बढी मूल्यमा बिक्री गरेको पाइएपछि त्यस्ता पसलमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
व्यवसायीहरुले ४५० मूल्य पर्ने विस्कुटको एकहजार दुई सय, २२ देखि २५ रुपैयाँको पानीको ८० देखि एक सय रुपैयाँ, ४० रुपैयाँ पर्ने ड्युको एक सय रुपैयाँको स्टिकर टाँसेर बिक्री भएको पाइएको जिल्ला प्रशासन रामेछापका नायक सुब्बा लक्षमण भुजेल बताउनु भयो ।
त्यस्तै मन्थली बजारमा १५० रुपैयाँ पर्ने साकाहारी खानाको ४५० रुपैयाँ, २० देखि २५ रुपैयाँ पर्ने दूध चियाको एक सय रुपैयाँ, १५ रुपैयाँ पर्ने कालो चियाको ७० रुपैयाँ, ७५ देखि एक सय २० रुपैयाँ पर्ने चाउमिनको ५ सय रुपैयाँ मेन्युनै टाँस गरेर लिने गरेको पाइएको भुजेलले बताउनु भयो।
अनुगमका क्रममा होटल तथा पसलहरुले आधारभूत मापदण्डसमेत पूरा नगरी व्यवसाय गरेर अधिक मूल्य लिइ ठगी गरेको पाइएकोले उनीहरु माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढेको रामेछापको प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे के.सिले बताउनु भयो ।