ताजा समाचार


जिल्लाभित्रको सुरक्षा व्यवस्था सवल बनाउन सिसि क्यामराबाट निगरानी

 नेपाल बाहक    २ कार्तिक २०७६, शनिबार १०:३३     631 जनाले पढ़िसके

नवराज पथिक
२ कात्तिक रामेछाप । जिल्लाभित्र सुरक्षा व्यवस्थालाई सवल बनाउन रामेछाप प्रहरीले जिल्लाका प्रमुख नाकाहरुमा सिसि क्यामराबाट निगरानी गर्ने योजना बनाएको छ । सोही योजना अनुसार प्रहरीले स्थानीय सरकारसँगको सहकार्यमा बजार केन्द्र र नाकाहरुमा क्यामरा जोड्ने काम सुरु गरेको छ ।
अपराधिक घटना हुन नदिन र भएमा पनि अपराधी सहजै पत्ता लगाउन सो कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईले जनकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाम मन्थली बजारमा सिसि क्यामरा जोडि क्यामरा मार्फत निगरानीको काम भई रहेको छ । त्यस्तै जिल्लको २ नं क्षेत्रबाट काठमाडौँ आउजाउ गर्ने प्रमुख नाकाको रुपमा रहेको खाँडादेवी गाउँपालिकाको सित्खामा पनि गाउँपालिकासँगको सहकार्यमा सिसि क्यामरा जडान गरि निगरानी सुरु गरिएको उनले बताए । खाँडादेवीकै लुभुघाट पुल छेउमा पनि तत्कालै क्यामरा जडान गरि निगरानी सुरु गर्न लागिएको उनले बताए ।
रामेछापबाट दोलखा, सिन्धुली, काभ्रे, ओखलढुंगा र सोलुसँग सीमाना जोडिएका नाकाहरुमा समते स्थानीय तहको सहकार्यमा सिसी क्यामेरा जडान गर्ने कार्य अघि बढेको उनल बताए ।
रामेछापको मन्थली नगरपालिकको खुर्कोट, सुनापती गाउँपालिको गुन्सी, दोरम्बा गाउँपालिकाको सैलुङ, रामेछाप नगरपालिकाको साँघुटार, लिखु तामाकोसी गाउँपालिकाको खिम्ती, सिरिसे र ढाँडे, गोकुलगंगाकाको रस्नालु, उमाकुण्ड गाउँपालिकाको बाम्ति लगायतका क्षेत्रहरु प्रमुख नाकाका रुपमा रहेका छन् । यस्ता नाकाहरुमा क्यामरा जडान गरेर निगरानी गर्दा नागरिकलाई थप सुरक्षाको प्रत्याभुति दिन सकिने तथा अपराधिक घटना रोक्न र घटना भए दोषिलाई तत्काल पक्राउ गर्न सहज हुने प्रहरीको ठम्याई छ ।