ताजा समाचार


प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई साधरण तारेखमा रिहा

 नेपाल बाहक    ३ कार्तिक २०७६, आईतवार १२:३४     244 जनाले पढ़िसके

काठमान्डौ , असोज ३ गते ।

जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गरिदिएको छ ।
ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतमा मुद्दा दायर भई अदालतबाट पूर्जी जारी भएपछि दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको थियो ।

न्यायाधीश पुणेश्वरप्रसाद उपाध्यायको एकल इजलासmे सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । गुरुङको पक्षमा अदालतमा वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु टिकाराम भट्टराई, रमेश बराल, प्रविण प्रधान र करुणाकर्ण मल्लिकले बहस गर्नुभएको थियो ।

स्थानीय तह निर्वाचनको बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा स्थानीय कुलबहादुर तामाङको हत्या भएपछि फरार रहेका सोही स्थानका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।