ताजा समाचार


कात्तिक १२ गते बिहान ११ः ५५ बजे भाइटीकाको साइत उत्तम

 नेपाल बाहक    ३ कार्तिक २०७६, आईतवार १२:४२     736 जनाले पढ़िसके

३ कात्तिक, काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको छ । यस बर्षका् कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।
यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ ।