ताजा समाचार


सुनकोसी दोस्रो जलविद्युत आयोजनाबाट रामेछापका ४ पालिकाका १५ वडा डुबानमा पर्ने

 नेपाल बाहक    ३ कार्तिक २०७६, आईतवार १३:२४     615 जनाले पढ़िसके

रामेछाप । कार्तिक ३ गते,
सरकारले उच्च प्राथमिकता दिएर सुनकोसी दोस्रो र सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाबाट रामेछाप जिल्लाको १५ वटा वडा डुवानमा पर्ने भएको छ । विद्युत विकास विभागले जारी गरेको सूचना अनुसार रामेछाप जिल्लाको सदरमुकाम मन्थली सहित, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका र लिुख गाउँपालिका गरी १५ वटा वडा डुबानमा पर्ने भएका छन् । यो आयोजनाबाट मन्थली नगरपालिकाको वडा नम्बर १, २, ६, ७, ८ र ११ खाँडादेवी गाउँपालिकाको वडा नम्बर १,२, ३ र ४ डुवानमा पर्ने छ ।
त्यसैगरी आयोजनाबाट रामेछाप नगरपालिकाको ५, ७, ८ र ९ लिखु तामाकोसी गाउँपालिकाको ७ नम्बर वडा डुबानमा पर्ने भएको छ । अहिले सरकारले उच्च प्राथमिकता दिएर सुनकोसी दोस्रो र सुनकोसी तेस्रो जलाशययुक्त आयोजना अध्ययनको काम धमाधम अगाडि बढाएको छ । डेढ बर्षदेखि परामर्शदाता कम्पनी इआरएमसीले सम्भाव्यता अध्ययनको काम गरिरहेको छ । सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै सरकारले आयोजनाबाट प्रभावित हुने क्षेत्रमा वातावरणीय प्रभाव मुल्याकन लागि क्षेत्र निर्माण गर्नको लागि सूचना जारी गरेको छ ।
विद्युत विकास विभागले सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित रुपमा सुझाव दिन डुबान क्षेत्रमा पर्न सक्ने वासिन्दाहरुसँग आग्रह गरेको छ । विद्युत विकास विभागका प्रवक्ता निशा रिजालले सुनकोसी नदीमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५ र सिन्धुली जिल्लाको कोलन्जोर गाउँपालिका–१ को सीमाना च्याकुटारमा करिब ३९० मिटर लामो र १६१ मिटर उचाईको बाध निर्माण गरी १०५० घनमीटर प्रति सेकेन्ड पानीलाई १।२ किलोमिटर लामो र ११ मि व्यास भएको सुरुङबाट सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका १ च्याकुटार नजिक विद्युतगृह निर्माण गरिने छ । हालसम्मको सम्भाव्यता अध्ययनले सुनकोसी दोस्रो जलाशययुक्त आयोजनाबाट ११ सय १० मेगावाट विद्युत उत्पादन हुनेछ । रामेछाप जिल्लमा आयोजनाले प्रभाव पार्ने सबै भन्दा बढी मन्थली नगरपालिका रहेको छ ।