ताजा समाचार


कात्तिक १३ गते सार्वजनिक विदा

 नेपाल बाहक    ७ कार्तिक २०७६, बिहीबार १२:२४     238 जनाले पढ़िसके

काठमान्डौँ , कात्तिक ७ गते ।
कात्तिक १३ गते सरकारले सार्वजनिक विदा दिएको छ । १३ गते नेवार समुदायको भाइटीका पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।