रामेछाप, कात्तिक ८ गते ।
तोकेको भन्दा बढि मुल्य लिएको आरोपमा प्रकाउ परेका व्यवसायी छुटेका छन् । समानको मुल्य भन्दा बढि मुल्य लिएको अरोपमा एभरेष्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र बढि मल्यसुचि राखेर संचालन गरिएको टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हामु शेर्पालाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा कात्तिक ३ गते उनिहरुलाई पक्राउ गरिएको थियो ।
उनीहरुलाई कालोबजारी ऐन २०३२ अन्तर्गत कारवाही जरिवाना गरि छोडिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । मिनीमार्टलाई कालोबजारी ऐन २०३२ अन्तर्गत एक लाख ५ हजार रुपौया जरीवाना गरी १५ दिनभित्र नियम अनुसार व्यवसाय दर्ता गरी तोकिएको मुल्यमा सामान विक्रि गर्न निर्देशन दिइएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद गौतमले जानकारी दिनु भएको छ ।
त्यसैगरीे ट्रेकर्स ट्रान्जिट क्याफेलाई पनि कालोबजारी ऐन २०३२ अन्तर्गत ७५ हजार जरीवाना गरी १५ दिनभित्र जिल्लामा प्रचलित मुल्य सुचि अनुसार क्याफे संचालन गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्माण भुजेलले जानकारी दिनु भयो ।