ताजा समाचार

मोटरसाईकल दुर्घटना परि रामेछापका अगुवा कृषक राङदान तामङको मृत्यु

 नेपाल बाहक    ९ कार्तिक २०७६, शनिबार ०७:५८     382 जनाले पढ़िसके

रामेछाप , कात्तिक ९ गते ।
रामेछाप जिल्लाको राकाथुममा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । मत्यु ुहुनेमा रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवाका राङदान तामङकाृ ज्यान गएका हो । मन्थलीबाट खाँडादेबीको राकाथुम हुँदै घर जाने क्रममा शनिबार बिहान राकाथुमको खारेपाखोमा प्रदेश नम्बर ३–०२००१ प ५१०५ को मोटरसाइकल दुर्घटनामा परी तामाङको ज्यान गएको हो ।
दुर्घटनामा परि मोटरसाइकलको पछाडी बस्ने दोलखाका कृष्ण बहादुर कार्की पनि घाइते भएका छन् ।
मोटर साईकल दुर्घ८टनामा ज्या८न गुमाएका तामाङ व्यवासायिक किवि खेती गर्ने कृषी उद्यमीका रुपमा राष्ट्रपतिबाट सम्मान पाउने कृषक समेत हुन् । तामाङ किवि,चिया ,जडिबुट्टि लगाएतका मिश्रीत खेती गर्ने देशभरीका उत्कृष्ट पाँच कृषकमा पर्न सफल भै सम्मानीत तथा पुरस्कृत समेत भएका थिए ।