रामेछाप, कात्तिक १० गते ।
रामेछापमा जिल्लामा राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला सुरक्षा समिति रामेछापको बैठकले १० बजेसम्म मात्रै खेल्न पाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले जानकारी दिइन् ।
सुरक्षा समितिले तिहारको बेलामा पटका, आतासबाजी जस्ता विष्फोटक र प्रज्वोलशील बस्तुको बिक्री, ओसारपसार तथा प्रयोगमा पनि रोक लगाएको छ ।
यसैगरी जुवातासका साथै बाजिमा पोट, लङ्गुरगुर्जालगायतका जुवाजन्य खेलहरु समेत खेल्न खेलाउन प्रतिबन्ध लगाइएको छ ।
निर्णय अटेरी गरे कारबाही गरिने प्रशासनले बताएको छ ।