ओखलढुगा, कात्तिक ११ गते ।
आगमि कात्तिक १६ र १७ गते ओखलढुगामा बृहत संस्कृतिक पोकलि झरना ओखलढुगा महोत्सव हुने भएको छ । नेपालकै दोस्रो अग्लो पोकली झरनाको प्रचारप्रसार , झरनको सौदर्य र महत्वको अधिकतम प्रचार प्रसार गरि अन्तरीक र बाह्य पर्यटक भित्राउनको निम्ती बृहत सांस्कृतिक पोकली झरना ओखलढुगा महोत्सव गर्न लागेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलन कुमार बिष्टले जानकारी दिनु भयो ।
पर्यटन वर्ष २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणा अनुसार पोकली झरनामा २० हजार पर्यटक ल्याउने योजना रहेको अध्यक्ष विष्टको बताउनु भयो । सांस्कृतिक महोत्सवमा इन्द्रेणी समाज काठमाण्डौ र जिल्लाका कलाकारहरुको प्रस्तुति रहने छ ।