रामेछाप । कार्तिक १४ गते
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले सामाजिक अन्तरविरोधमा टेकेर सामाजिक सद्भाव भड्काउन खोज्नेहरु आफै सखाप हुन बताएका छन् । उनले समाजमा विभिन्न खालका अन्तरविरोध भएका बताउँदै त्यसमा टेकेर राजनीति गर्ने सपना नदेख्न आग्रह गरे ।
खाडाँदेवी गाउँपालिका वडानं ६ माकादुममा माकादुम खेलकुद विकास समितिले वडा कार्यालय तथा विभिन्न निकायहरुको सहयोगमा आयोजना गरेको प्रथम माकादुम वडाअध्यक्ष कप वडास्तरीय भलिवल प्रतियोगिता, शुभकामना आदानप्रदान, चियापान तथा वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै ढुँगेलले सो कुरा बताएका हुन् । उनले अहिलेको अवस्थामा देश विकासको लागि सबै मिलेर अघि बढ्नु पर्ने बताउँदै हार जितलाई सहज स्विकार्ने शिप खेलाडीबाट सिक्नु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि र नेता कार्यकर्ताहरुलाई खल्ती नभएको कोट लगाएर आर्थिक रुपमा पारदिर्शी भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज तथा पुर्वसांसद देवशंकर पौडेलले विकासको पहिलो सर्त चेतना भएको बताए । उनले चेतनाले विकास ल्याउने बताए । वर्तमान सरकारले गरेको राम्रो काम देख्न नक्नेहरुले सरकारको विरुद्ध भ्रम फैल्याएको बताए । कार्यक्रममा नेकपाका नेता आनन्द श्रेष्ठ,खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष पुष्कर कार्की, युवा संघका केन्द्रिय सदस्य कृष्णहरी केसी लगायतले बोलेको थिए ।