ताजा समाचार


साहित्यकार जगदिश घिमिरेको छैठौँ स्मृति दिवश

 नेपाल बाहक    १४ कार्तिक २०७६, बिहीबार ०८:५७     598 जनाले पढ़िसके

रामेछाप, कात्तिक १४ गते ।
साहित्यकार जगदिश घिमिरेको छैठौँ स्मृति दिवश मनाइएको छ । तामाकोसि सेवा समति रामेछापको आयोजनामा भएको कार्यक्रमाको अध्यक्षता तामाकोसि सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठले गनु भएको थियो । कार्यक्रममा कबिता वचना समेत गरिएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि नेकापा रामेछापका नेता आनन्द श्रेष्ठ , नेपालि काग्रेस रामेछापको सचिव लेख बहादुर कार्कि , राप्रपाका नेता रामचन्द्र कंडेल राप्रपा , तामाकोसि अस्पतालका निर्देशक डा. सुमन कर्मचार्य लगाएतले घिमिरे योगदानको चर्चा गर्नु भएको थियो ।

बि.स २००२,रामेछाप जिल्लाको मन्थली घिमिरेको जन्म भएको थियो । उनले प्रारम्भिक शिक्षा नेपाल र उच्च शिक्षा भारत र बेलायतबाट प्रात्त गरे। सानैदेखि उनको अभिरुचि साहित्य र पत्रकारितामा थियो। त्यसैले उनले समाजशास्त्रमा एम्. ए . र जनसङ्ख्यामा पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूमा उनको लामो संलग्नता रहेको छ जसमार्फत उनले रामेछाप जिल्लाको सामुदायिक विकासमा ठूलो सहयोग पुर्याएका छन्।
घिमिरेको २०७० साल कार्तिक १४ गते माइलोमा क्यान्सरको कारण ६८ वर्षको उमेरमा निधन भएको थियो । घिमिरेको कृति अन्तरमनको यात्राले मदन पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो । घिमिरेले लेखेको सकस नामक आख्यान अहिले पनि नेपाली साहित्यमा बहुचर्चित छ ।