काठमान्डौँ , कात्तिक १६ गते ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई दुई दिन भित्र राजिनामा दिन बिपक्ष दलको चेतावनी दिएका छन् ।
ठूलो संख्याको भिडलाई सम्बोधन गर्दै मौलाना फजलुर रहमानले इमरान खानलाई चेतावनी दिँदै दुई दिनभित्र प्रधानमन्त्रीको पद छोड्न अल्टिमेटम दिएका हुन् । उनले इमरान खानको तुलना सोभियत संघका नेता ‘मिखाइल गोर्बाचेव’सँग गरेका छन् ।
मौलानाले भने, ‘पाकिस्तानका गोर्बाचेवले शान्तिपूर्ण प्रदर्शन गर्ने मानिसहरुको संयमताको परीक्षा नलिइकनै पदबाट राजीनामा दिनुपर्छ तर नतीजा भयावह हुनेछ ।’
साथै मौलानाले पाकिस्तानलाई चलाउने अधिकार कुनै सरकारी संस्थानको नभइ नागरिकहरुको भएको बताए ।
आजादी मार्चमा नवाज शरिफका भाइ शहबाज र पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो लगायत विपक्षी नेताहरुको पनि सहभागिता रहेको थियो ।