ताजा समाचार


बलिउड छाउदैँ सुनील थापा : सलमानको फिल्ममा मुखियाको भूमिकामा देखिंदै

 नेपाल बाहक    १७ कार्तिक २०७६, आईतवार ०३:३३     403 जनाले पढ़िसके

काठमान्डौ , कार्तिक १७ गते । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे ।

बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ । फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए ।

अर्कोसाता वीरगञ्जमा हुने ‘स्वर्णिम नेपाल फिल्म महोत्सव’ को सन्दर्भमा वीरगञ्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । ‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यू गर्न लागेकी हुनाले यो फिल्म तीब्र प्रतीक्षित छ ।

आयुष शर्माको मुख्य भूमिका रहेने यो फिल्मको निर्देशन करर भुटानीले गर्दैछन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’मा थापा त्यहाँको मुखियाको भूमिकामा रहने छन् । कान्तिपुर दैनिकबाट