ताजा समाचार


सुनकोसीमा बस दुर्घटना हुदाँ १६ जनाको मृत्यु

 नेपाल बाहक    १७ कार्तिक २०७६, आईतवार १२:२४     234 जनाले पढ़िसके

काठमाडौं, १७ कार्तिक ।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटना हुदाँ १६ जनाको मृत्यु भएको छ । भने सो दुर्घटनामा परि ४६ जना घाइते भएका छन् ।
घाइतेकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शवहरु खोलाले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएको र अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।