दोलखा , १८ कात्तिक ।
भालुको आक्रमणबाट दोलखामा एक वृद्ध घाईते भएका छन् । दोलखाको जिरी नगरपालिकामा वडा नम्वर १ च्यबुके निवासि ७४ वर्षिय पदम बहादुर खड्का गम्भिर घाइते भएका हुन् ।
बारीमा हलोजुवा लिन जाने क्रममा खड्कामाथि एक्कासि आक्रमण गरेको प्रहरीले जनाएको छ । भालुको आक्रमणबाट खड्काको घाँटी, टाउको, मुख र निधारमा चोट लागेको छ ।
घाईते खड्कालाई जिरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाण्डाँै पठाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनु भयो ।