ताजा समाचार


श्रमजीवि पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिक कार्यान्वयनका बारेमा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न

 नेपाल बाहक    २१ कार्तिक २०७६, बिहीबार १०:२५     511 जनाले पढ़िसके

रामेछाप २१ कात्तिक
रामेछाप जिल्लामा श्रमजीवि पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र चुनौतीका बिषयक अन्तरक्रिया कार्यक्रक आज मन्थलीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रामेछापको समन्वयमा न्युनतम पारिश्रमिक निर्धारण समिति र संचार रजिष्ट्रारको कार्यालय प्रदेश नं ३ ले विहिबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा श्रमजीवि पत्रकार ऐन २०५१ र न्युनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र चुनौतीका बारेमा छलफल थियोे ।
कार्यक्रममा प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलले पछिल्लो समय सकरात्मक भन्दा पनि नकरात्मक बिषयहरुले संचार माध्ययमा प्राथमिकता पाउँने गरेकाले यसलाई सच्याउँनुपर्ने बताए । लोकतन्त्रलाई टिकाउँन महत्वपुर्ण भुमिका खेलिरहेको संचारमाध्ययममा बढि भन्दा बढि सकरात्मक बिषयहरु आउँनुपर्ने सांसद पौडेलको भनाई छ । न्युनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयनमा आफ्नो संस्था कडाईका साथ लागिपर्ने बताए । उनले पारिश्रमिक नदिने संचार माध्ययमहरुमा काम नगर्न पनि पत्रकारहरुलाई आग्रह गरे । उनले स्थानीय तहमा संचालनमा रहेका मिडियाहरुको दिगोपनाका लागि स्थानीय सरकारनै लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले संचार माध्ययमहरुले सत्य ,तथ्य,निश्पक्ष र विश्वसनियतालाई ख्याल गरेर जनतामा सूचना प्रवाह गर्नुपर्ने बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्न सधै तयार रहेको भन्दै निच स्वार्थ र व्यक्तिगत आसयमा नकरात्मक समाचारहरु नलेख्न पत्रकारहरुलाई आग्रह गरे । संचार रजिष्ट्रारको कार्यालय प्रदेश नं ३ का रजिष्टार रेवती सापकोटाले कार्यालयले अबको दिनमा छलफलबाट आएको सुझावलाई पनि समेटेर कार्यक्रम बनाउँने बताए ।
कार्यक्रममा मन्थली नगरपाकिाकी उपप्रमुख माया कुमारी कार्की , खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ , मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष नारायणदश श्रेष्ठ लगाएतले सत्य ,तथ्य,निश्पक्ष र विश्वसनियतालाई ख्याल गरेर मात्रै पत्रकारहरुले समाचार लेख्नुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं ३ का उपाध्यक्ष यदुनाथ गौतम , पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ , राप्रपा नेपाल रामेछापका अध्यक्ष रामचन्द्रशर्मा कडेल , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगाएतले बोलेका थिए । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षता र प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागि संचारकर्मीहरुले स्थानीय संचार माध्ययम र पत्रकारलाई टिकाउँन स्थानीय सरकार लागि पर्नुपर्ने बताएका छन् । उनीहरुले स्थानीय सरकारको सूचनाहरु राष्ट्रिय स्तरका ठुला संचार माध्ययमा आउँने प्रथालाई रोक्नका लागि स्थानीय तहको खरिद नियमावली संसोधन गर्नुपर्ने माग समेत गरे ।