ताजा समाचार


कुन राशीका मान्छेको स्वभाव कस्तो

 नेपाल बाहक    २१ कार्तिक २०७६, बिहीबार १३:४६     1084 जनाले पढ़िसके

ज्योतिषमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ । त्यसैले पाश्चात्यको तुलनामा हिन्दु ज्योतिषमा राशि निर्धारण निकै सूक्ष्मरूपमा गरिएको पाइन्छ । यसमा जन्मनक्षत्रको नामअनुसार राशि निर्धारण हुन्छ जसलाई न्वारानको नाम पनि भनिन्छ । अब यहाँ हिन्दु ज्योतिषको आधारमा निर्धारित राशिअनुसार व्यक्तिको शरीरलक्षण, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ अदिबारे वर्णन गर्नुका साथै प्रत्येक राशिवाला व्यक्तिले लालकिताबअनुसार गर्नुपर्ने केही उपायहरूसमेत दिइएको छ । लालकिताबका उपायहरू प्रायः सरल र प्रभावकारीसमेत मानिएकाले तिनलाई यहाँ प्रस्तुत गरिएको हो । साथै राशिसँगै न्वारानको नामको सुरुको अक्षर पनि दिइएको छ

 मेष राशि – चू चे चो ला ली लू ले लो अ
यस राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्याङ्कन गर्ने, ठूला जङ्खाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभीत हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ । त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, शूरवीर, सेवाकार्य जान्ने, शिरमा चोटको निसानयुक्त, स्वाभिमानी र अत्यन्त चञ्चल स्वभावको हुन्छ । त्यस्तै पुत्रवान, तेजस्वी, परोपकारी, उत्तम कार्यासक्त, सुशील, देवभक्त, गुरुभक्त, कामबाट विचलित हुने, प्रायः उदररोगी र स्वतन्त्र व्यवसायबाट उन्नति गर्ने हुन्छ । यस राशिवालाले कर्कट, सिंह, वृश्चिक, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । यस राशिको व्यक्तिलाई मङ्कलबार शुभ र बुधबार अशुभ हुन्छ । द्वितीयाको चन्द्रमाको दर्शन गरी कुनै रातो वस्तु हेर्नाले यस राशिको व्यक्तिलाई त्यस महिनाभरि नै सुखदायी हुन्छ । यस राशिको मालिक मङ्कल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मङ्कलको पूजापाठ र जप गर्नुका साथै मङ्कलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।
लालकिताबअनुसार उपाय– कसैसँग कुनै वस्तु सित्तैमा नलिनु, हात्तीको दाँतबाट निर्मित वस्तु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औंठी लगाउनु, साधुसन्त, गुरु र आमाको सेवा गर्नु, मिठाइ र गुलियो पदार्थको व्यापार नगर्नु, नीमको वृक्ष आँगनमा लगाउनु, सदाचारको पालन गर्नु, सुत्ने बेलामा सिरानमाथि एक गिलास पानी राख्नु र त्यसलाई विहान कुनै गमलामा हाल्नु, बहिनी, छोरी र फुपूलाई मिठाई दिनु र विधवालाई सहयोग गर्नु ।

 वृष राशि – इ ऊ ए ओ वा वी वू वे वो
यस राशिवाला व्यक्ति भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान्, धनवान्, भोगविलासरत, तेजस्वी र असल मित्रवाला हुन्छ । त्यसैगरी सुन्दर, दर्शनीय, विशिष्ट, ठूलो र भरिलो मुखमण्डलयुक्त, ठूला जङ्खावाला, पीठ, मुख र पेटको किनारामा चिन्ह भएको, त्यगशील, क्लेश सहन सक्ने स्वभावको, समर्थ, उच्चा काँध भएको, कन्या सन्ततिवाला, सौभाग्यशाली, तीव्र भोकको अनुभव गर्ने, स्त्रीहरूको प्यारो, पक्का मित्रता राख्ने, मध्यावस्था र वृद्धावस्थामा विशेष सुख पाउने हुन्छ । त्यस्तै सत्यवादी, धनी, आयुष्मान्, परोपकारी, मातापिताका साथै गुरुभक्त, राजप्रिय, सभाचतुर, सन्तोषी, शान्तचित्त, सहनशील, बुद्धिमान, सुशील, आफ्नो काममा दृढ तर समयमा काम गर्नमा उद्विग्नचित्त, मित्रसम्पन्न, कुशल, देख्नमा सुन्दर, दृढ शरीरयुक्त र नेत्ररोगी हुन्छ । कन्यासन्तति बढी हुन्छन् । यस राशिका लागि चित्रकारी र सङ्गीत लाभदायक हुन्छ । अकस्मात् धन प्राप्त हुन्छ । गृह र भूमिको सुख पनि मिल्छ । बाल्यावस्थाभन्दा मध्य र वृद्धावस्थामा सुखी हुन्छ । यस राशिवालाले वृष, मिथुन, कन्या, मकर र कुम्भ राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ होला । यस राशिको व्यक्तिलाई शुक्रबार अशुभ हुन्छ । यस राशिको मालिक शुक्र भएकोले त्यसको रत्न हीरा, ओपल वा स्वेत–पुष्पराज लगाउनु शुभ हुन्छ ।

लालकिताबअनुसार उपाय– अति काम–वासनाको त्याग गर्नु, मुङ्कको दाल दान गर्नु, शनिबार तेल दान गर्नु, शुक्रबार व्रत गर्नु, धार्मिक स्थलमा दूध, दही, घिउ र कपूर दान गर्नु, चाँदीको औँठी लगाउनु, भूmटो गवाही नदिनु, प्रतिदिन एउटा असल काम गर्नु, कसैलाई धोका नदिनु र घरमा मनिप्लान्ट लगाउनु ।

मिथुन राशि – का की कू घ ङ छ के को ह
यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान्, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय वचन बोल्ने, गीत, नृत्य, नाटकआदिको जानकार आदि लक्षणको हुन्छ । त्यस्तै विद्वान्, मिष्ठान्नप्रेमी, सुशील, रतिप्रिय, गुणी, भोगी, दानी, धार्मिक, विषयासक्त, चतुर, शास्त्रज्ञ, कुशाग्रबुद्धि, पुस्तकप्रेमी, भ्रमणशील, सर्वप्रिय, बढी भोजन गर्ने, शरीरमा तिल र मुसायुक्त हुन्छ । यस राशिवाला व्यक्तिका धेरै व्यवसाय हुने वा व्यवसायमा परिवर्तन भैरहने हुन्छ । कुनै अपरिचित स्थानबाट अकस्मात् धन प्राप्तिको सम्भावना पनि छ । यस राशिको व्यक्तिलाई बाल्यावस्थादेखि वृद्धावस्थासम्म क्रमशः सुखबाट दुःखको अवस्था बढ्दै जान्छ । । यस राशिवालालाई वृष, सिंह, कन्या र तुला राशिवाला व्यक्तिबाट उपकार होला । यस राशिको मालिक बुध भएकोले त्यसको रत्न पन्ना लगाउनु शुभ हुन्छ ।

लालकिताबअनुसार उपाय– तामसिक भोजन नगर्नु, फट्किरीले दाँत माझ्नु, धार्मिक स्थलमा दूध र अक्षता चढाउनु, १२ वर्षभन्दा कम उमेरका कन्याबाट आशीर्वाद लिनु, सूर्य र बृहस्पतिको जप, दान एवम् पूजापाठ गर्नु, घरमा मनिप्लान्ट नलगाउनु र देब्रे हातमा चाँदीको औँठी लगाउनु ।

 कर्कट राशि – ही हू हे हो डा डी डू डे डो 
यस राशिको व्यक्ति जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान्, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छ । त्यसैगरी ज्योतिष विद्यामा रुचि लिने, ठूलो घरयुक्त, आर्थिक उतारचढावयुक्त, छोटो कदको, मोटो गर्धनयुक्त, आफ्ना मित्रहरूलाई विशेष प्रेम गर्ने र जल एवम् हराभरा स्थानमा बस्न विशेष रुचि राख्ने हुन्छ । त्यस्तै परोपकारी, वस्तुसङ्ग्रहमा कुशल, मातापिता र साधुभक्त, शास्त्रज्ञ, शीघगामी र सुमित्रवान् हुन्छ । धेरै सन्तानहरूमध्ये एउटामात्र विशेष योग्य हुन्छ । कुनै षड्यन्त्रमा परेर यसलाई सङ्कट आउन सक्छ । सर्वसम्मतिले काम गर्नु राम्रो छ । साहित्य, सङ्कीत र कलामा रुचि छ । तरल पदार्थको व्यापारबाट फाइदा छ । यस राशिको व्यक्तिले मिथुन, सिंह र कन्या राशिका व्यक्तिसँग मित्रता गाँस्नु उत्तम हुन्छ भने मेष, वृष, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीनसँग सामान्य हुन्छ । यस राशिको व्यक्तिलाई शुक्रबार अशुभ हुन्छ । यस राशिको मालिक चन्द्रमा भएकोले त्यसको रत्न मोती वा मुनस्टोन लगाउनु र सोमबार एवम् पूर्णिमा तिथिमा व्रत गरी चन्द्रमा र शिव पूजा गर्नु शुभ हुन्छ ।

लालकिताबअनुसार उपाय– नदी तर्दा त्यसमा तामाको सिक्का बगाउनु, मातासँग चाँदी र चामल लिएर साथमै राख्नु, पलङमा तामाको टुक्रा लगाउनु, चाँदीको भाँडामा दूध नपिउनु, घरको जगमा चाँदीको इँटा लगाउनु, गहुँ, शक्खर र तामा दान गर्नु, दुर्गा पाठ गर्नु, सेता वस्तुको व्यापार नगर्नु, माताले भनेको मान्नु, धार्मिक कार्यको सधैँ पालना गर्नु, आफ्नो रहस्य कसैलाई पनि नबताउनु, घरमा खरायो नपाल्नु, सदाचारको पालना गर्नु, २७ वर्षभन्दा पहिले विवाह नगर्नु, धार्मिक स्थानमा सूर्यसम्बन्धी चिज दान गर्नु, धार्मिक स्थलमा नाङ्को खुट्टाले जानु र यदि यस राशिवाला व्यक्ति डाक्टर भए रोगीलाई यथासम्भव निःशुल्क औषधी दिनु ।

 सिंह राशि – मा मी मू मे मो टा टी टू टे
यस राशिको व्यक्ति क्षमाशील, काममा समर्थ, मद्य–मांसमा सदैव आसक्त, देशमा भ्रमण गर्ने, असल मित्रवाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छ । त्यसैगरी तीक्ष्ण स्वभावको, असहिष्णु, हतारमा काम गर्ने, ठूलो मुखाकृतियुक्त, कम पुत्रवाला, स्त्रीहरूसँग द्वेष राख्ने, पहाड र वनमा विशेष स्नेह राख्ने, निरर्थक क्रोध गर्ने, भोक प्यास बढी लाग्ने, त्यागी, पराक्रमी, स्थिरबुद्धि, घमण्डी र माताको वशमा रहने हुन्छ । त्यस्तै लक्ष्मीवान्, विद्वान्, निष्ठूर, सुशील, कृपण, सत्यवादी, विदेश यात्राप्रिय, युद्धप्रिय, शत्रुजयी, मानसिक दुःखले पीडित, निष्कपट, सङ्कीत र कलाप्रेमी एवम् सदैव उच्च पद प्राप्तिमा लालायित हुने स्वभावको हुन्छ । यस व्यक्तिको स्त्रीहरूसँग कलह हुन सक्छ । त्यसैगरी चोरबाट पनि केही हानी हुन सक्छ । यस राशिको व्यक्तिलाई मेष, कर्कट, वृश्चिक, धनु, मिथुन, कन्या र मीन राशिवाला व्यक्तिसँग सम्बन्ध कायम गर्दा फाइदा हुन्छ भने वृष, तुला, मकर र कुम्भ राशिवाला व्यक्तिसँग शत्रुता हुन्छ । यस राशिलाई आइतबार शुभ र मङ्कलबार अशुभ हुन्छ । यस राशिको मालिक सूर्य भएकोले त्यसको रत्न माणिक लगाउनु र आइतबार व्रत गरी सूर्य पूजा गर्नु शुभ हुन्छ ।

लालकिताबअनुसार उपाय– घरमा ह्यान्डपम्पको प्रयोग गर्नु, चामल, चाँदी र दूधको दान गर्नु, सित्तैमा कुनै चिज नलिनु, आमा र हजुरआमाको कृपा प्राप्तिको प्रयास गर्नु, मद्य–मांसादि नखानु, तामाको सिक्कालाई खैरो धागोमा उनेर धारण गर्नु, सधैँ सत्य बोल्नु, कसैको अहित नगर्नु, आपूmले दिएका आश्वासन पूरा गर्नु र सधैँ चाँदी साथमा राख्नु ।

 कन्या राशि – टो प पी पू ष ण ठ पे पो
यस राशिको व्यक्ति विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, सङ्कीत र नृत्यको धूनमा आसक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छ । त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, बुद्धिमान्, अर्काको धन र घर प्राप्त गर्ने, जन्मस्थानबाट अन्यत्र रहने, प्रियभाषी र कन्यासन्ततिवाला हुन्छ । त्यस्तै कुटुम्ब र मित्रलाई आनन्द दिने, अनेक कला जान्ने, गुरु, देव र ब्राéणभक्त, सत्यवादी, विद्याध्ययनमा विशेष रुचि भएको हुन्छ । यसलाई औषधी र खाद्यपदार्थको व्यापारबाट लाभ हुन्छ । शिक्षण पेसामा लाग्दा पनि राम्रो छ । यस राशिको व्यक्तिलाई बुधबार शुभ र आइतबार तथा मङ्कलबार अशुभ हुन्छ । यस राशिको मालिक बुध भएकोले त्यसको रत्न पन्ना लगाउनु शुभ हुन्छ ।

लालकिताबअनुसार उपाय– पन्ना धारण गर्नु, छतमा वर्षाको पानी राख्नु, नयाँ लुगा लगाउनुपूर्व त्यसलाई नदीको पानीले धुनु, हरियो रुमाल साथमा राख्नु, घरमा हरियो रङ्क प्रयोग नगर्नु, घरमा मनिप्लान्ट नलगाउनु, मद्यपान नगर्नु, शनिसँग सम्बन्धित पूजापाठ गर्नु, घरमा ठूला पातवाला रुख नलगाउनु, चण्डीपाठ गर्नु, कन्याहरूबाट आशीर्वाद लिनु, आपूmले कबोल गरेका कुरा पु¥्याउनु, अपशब्द नबोल्नु, क्रोध नगर्नु, बुधबार व्रत गर्नु, हरिया चिज नदीमा बगाउनु ।

 तुला राशि -रा री रू रे रो ता ती तू ते
यस राशिको व्यक्ति अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छ । त्यसैगरी देव, ब्राह्मण र साधुहरूको सेवक, बुद्धिमान्, पवित्र आचरण गर्ने, सत्य आचरण गर्ने, अग्लो कदको, लामो नाकवाला, कमजोर र प्रायः अस्वस्थ शरीरको, यात्राप्रेमी, धनी, अङ्कहीन, क्रय–विक्रयमा कुशल, सामान्यतया दुई नामवाला र रोगी हुन्छ । त्यस्तै धार्मिक, चतुर, बुद्धिमान्, राजप्रिय, मिष्ठान्नप्रेमी, पितृसेवी, देवभक्त, गुरुभक्त, धनी, वाचाल, साहित्य र सङ्कीतप्रेमी, युद्धप्रेमी, कृपालु र सङ्कठनप्रेमी हुन्छ । यसलाई शिर, पेट र छालाको रोग हुन सम्भव छ । यस राशिवालालाई मिथुन, कन्या, मकर र कुम्भ राशिका व्यक्ति हितकर हुन्छन् । यस व्यक्तिलाई शुक्रबार अशुभ हुन्छ । यस राशिको मालिक शुक्र भएकोले त्यसको रत्न हीरा, ओपल वा स्वेत–पुष्पराज लगाउनु शुभ हुन्छ ।

लालकिताबअनुसार उपाय– आफ्नो भागको केही भोजन पशु, पन्छी र गाईलाई ख्वाउनु, गाईको गहुँत खानु, पशुपालन व्यवसाय गर्नु, नौनी, दही र आलु दान गर्नु, पत्नीसँग पुनः पाणीग्रहण गर्नु, मातापिताको आज्ञाले मात्र विवाह गर्नु, स्त्रीलाई सधैँ सम्मान गर्नु, धार्मिक स्थलमा गएर नतमस्तक हुनु र मद्यपान नगर्नु ।

 वृश्चिक राशि ९तो ना नी नू ने नो या यी यु
यस राशिको व्यक्ति प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेलो नेत्र भएको, परस्त्रीमा आसक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छ । त्यसैगरी बाल्यावस्थामा रोगी, राजकुलबाट सम्मानित, माता, पिता, गुरु आदिबाट सम्मान नपाउने, लुकेर दुव्र्यसनमा लाग्ने आदि लक्षणले युक्त हुन सक्छ । त्यस्तै क्रोधी, मित्रद्रोही, अविश्वसनीय, अर्काको कामको विघ्नकर्ता, पापी, पराक्रमी, शत्रुजयी हुन्छ । यस व्यक्तिलाई व्यापार फाप्छ । यस राशिको व्यक्तिको मेष, कर्कट, सिंह, धनु र मीन राशिवालासँग मित्रता हुन सक्छ । यस राशिवालालाई बुधबार अशुभ हुन्छ । यस राशिको मालिक मङ्कल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मङ्कलको पूजापाठ र जप गर्नुका साथै मङ्कलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।

लालकिताबअनुसार उपाय– कसैसँग पनि सित्तैमा कुनै चिज नलिनु, भाउजुको सेवा गर्नु, दाजुलाई अवहेलना नगर्नु, रातो रुमालको प्रयोग गर्नु, प्रातः कालमा मह खानु, मङ्कलबार व्रत गर्नु, हनुमानलाई सिन्दुर र चोला चढाउनु, मह, सिन्दुर र मुसुरोको दाल नदीमा प्रवाहित गर्नु, राति मृगचर्ममा सुत्नु, शुद्ध चाँदीको भाँडामा भोजन गर्नु, घरमा रातो रङ्कको प्रयोग गर्नु, रातो गुलाव नदीमा बगाउनु र धार्मिक स्थलमा लड्डू चढाएर प्रसाद बाँड्नु ।

९० धनु राशि ९ये यो भा भी भू ध फा ढा भे० –
यस राशिको व्यक्ति शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको ह्दयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान्, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छ । त्यसैगरी ठूलो मुख र लामो गर्धनयुक्त, पैतृक सम्पत्ति पाउने, त्यागी, दानी, काव्यादि जान्ने, पराक्रमी, सदैव कर्मशील, प्रतिभाशाली, धार्मिक, आफ्नो बन्धुजनप्रति द्वेष गर्ने, शक्तिप्रदर्शनले नझुक्ने अथवा बल प्रयोगले वशमा पार्न नसकिने, प्रेमपूर्ण व्यवहारले नियन्त्रित हुने हुन्छ । त्यस्तै विद्वान्, राजमान्य, जनप्रिय, देवभक्त, सभामा व्याख्यान दिने, श्रेष्ठ, कुलदीपक, भाग्यवान्, निष्कपट, विनीत, शान्त स्वभावको, तपस्वी, अल्पभोजी, मितव्ययी, स्पूmर्तिलो र भविष्यवक्ता हुन्छ । यसलाई अनेक व्यवसायबाट लाभ होला तर नोकरीबाट भने त्यति उन्नति नहोला । बिहीवार क्रयविक्रय गर्नाले विशेष लाभ हुन्छ । यस राशिका लागि सोमबार अशुभ होला । यस राशिवालालाई मेष, कर्कट, सिंह र वृश्चिक राशिका व्यक्तिसँग मित्रता र वृष, मिथुन, कन्या र तुला राशिवाला व्यक्तिसँग वैरभाव होला । यस राशिको मालिक बृहस्पति भएकोले त्यसको रत्न पुष्पराज धारण गर्नु र बृहस्पतिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।

लालकिताबअनुसार उपाय– पीताम्बरधारी सन्तबाट टाढै रहनु, कुनै आभूषण धारण गर्नु, धार्मिक स्थलमा घिउ, दही, आलु र कपूर दान दिनु, भिखारीलाई निराश नपठाउनु, गङ्काजल सेवन गर्नुका साथै गङ्काजलले स्नान पनि गर्नु, तीर्थयात्रा गर्नु, तीर्थयात्राका लागि अरुलाई मद्दत गर्नु, सधैँ सत्य बोल्नु र धार्मिकताको पालना पनि गर्नु, कुनै पनि कार्यारम्भ गर्नुअघि नाक सफा गर्नु, पहेलो रुमाल साथमै राख्नु, पिताको पलङ् र कपडा प्रयोग गर्नु, भूmटो साक्षी नबस्नु, पीपलको सेवा गर्नु, कसैलाई नठग्नु, गुरु, साधु र पीपलको पूजा गर्नु, बिहीबार व्रत गर्नु, हरिवंश पुराण श्रवण गर्नु, पहेलो पूmल फुल्ने बोटबिरुवा लगाउनु, गरुड पुराण पाठ गर्नु र ब्राéण, साधु र कुलगुरुको सेवा गर्नु ।

मकर राशि -भो जा जी खी खू खे खो गा गी

यस राशिको व्यक्ति आफ्नोे कुलमा कमजोर, स्त्रीहरूमा वशीभूत, विद्वान्, परनिन्दक, सङ्कीतज्ञ, सुन्दर स्त्रीहरूको प्रियपात्र, पुत्रयुक्त, माताको प्रिय, धनी, त्यागी, दयालु, भाइहरूले युक्त र सुखका लागि चिन्तनरत हुन्छ । त्यसैगरी परिवारपालक, मनले अधार्मिक भएपनि धार्मिक कृत्य गर्ने, सुन्दर आँखावाला, पातलो कम्मरयुक्त, भनेका कुराहरू राम्ररी बुझ्ने, सौभाग्यशाली, कार्यमा असफल, जाडो सहन नसक्ने, भ्रमणशील, बढी आत्मबलयुक्त, साहित्यिक, लज्जाहीन र दयारहित हुन्छ । त्यस्तै धीर, विद्वान्, राजप्रिय, दयालु, सत्यवादी, दानी, अल्छी, गानविद्या जान्ने, क्रोधी, दम्भी, लोभी, दृढप्रतिज्ञ, प्रभावशाली र ख्यातिप्राप्त हुन्छ । यस राशिलाई शनिबार शुभ हुन्छ । यस राशिको व्यक्तिले वृष, मिथुन, कन्या, तुला र कुम्भ राशिवालासँग मित्रता गर्छ भने मेष, कर्कट, सिंह र वृश्चिक राशिका व्यक्तिसँग शत्रुता हुन्छ । यस राशिको मालिक शनि भएकोले त्यसको रत्न नीलम धारण गर्नु र शनिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।
लालकिताबअनुसार उपाय– बाँदरको सेवा गर्नु, भिजाएको माटोको तिलक लगाउनु, परस्त्रीप्रति आँखा नलगाउनु, भूmटो नबोल्नु, मद्यपान नगर्नु, घरको कुनै पनि ठाउँमा अध्यारो नपार्नु, केतुको जप र पूजापाठ गर्नु, कुवामा दूध चढाउनु, भैँसी, कौवा र मजदूरलाई भोजन दिनु, नदीमा मदिरा बगाउनु, सधैँ आफ्नो साथमा केशर वा सुन राख्नु र छाला वा फलामबाट बनेका नयाँ वस्तु खरिद नगर्नु ।

कुम्भ राशि -गू गे गो सा सी सू से सो द

यस राशिको व्यक्ति दानी, अल्छी, कृतज्ञ, धनी, वाहन एवम् अन्य भौतिक साधनले सम्पन्न, शुभ दृष्टि वा सधैं कोमल स्वभावको, धन र विद्याका लागि प्रयत्नशील, पुत्रयुक्त, स्नेहयुक्त, यशस्वी, आफ्नै शक्तिले धनको उपयोग गर्ने, उदार र निर्भीक हुन्छ । त्यसैगरी कडा र मोटा रौँहरूले युक्त, ठूलो शरीरको, कठोर, अर्काकी स्त्री र धनप्रति लालायित, पापकार्यमा लाग्ने, अनियमित आर्थिक स्थितिको, मित्रप्रेमी र पैदल यात्राप्रेमी हुन्छ । त्यस्तै दानी, मिष्टान्नप्रेमी, धर्मकार्यमा शीघ्र तत्पर, प्रियभाषी, प्रसन्न, विलक्षण बुद्धियुक्त, शत्रुजयी, सुगन्धप्रिय, कामवासनामा बढी आसक्त, सङ्कठनप्रेमी र निर्धन हुन्छ । शिक्षा, कला वा राजनीतिको क्षेत्रबाट यस राशिवालालाई सफलता मिल्ला । त्यस्तै कुनै भूमिगत वा गुप्त मण्डलीको पनि काममा लाग्न सक्छ । यस राशिवालाको वृष, मिथुन, कन्या, तुला र मकर राशिवालासँग मित्रताका साथै मेष, कर्कट, सिंह र वृश्चिक राशिवालासँग शत्रुता हुन सक्छ । यस राशिको मालिक पनि मकर राशिको जस्तै शनि भएकोले त्यसको रत्न नीलम धारण गर्नु र शनिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ । यस राशिको मालिक पनि धनु राशिको जस्तै बृहस्पति नै भएकोले त्यसको रत्न पुष्पराज धारण गर्नु र बृहस्पतिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।

लालकिताबअनुसार उपाय– आफ्नो साथमा चाँदीको टुक्रा राख्नु, मुख्य द्वार वरिपरि केही अध्यारो बनाउनु, छतमा इन्धन आदि नराख्नु, ४८ वर्षको उमेरभन्दा पहिले आफ्नोे घर नबनाउनु, मांसाहार नगर्नु, घरमा चाँदीको इँटा राख्नु, भूmटो नबोल्नु, शनिबार व्रत गर्नु, भैरव मन्दिरमा मदिरा चढाउनु तर आपूmले नपिउनु, तेल र मदिरा दान गर्नु, रोटीमा तोरीको तेल लगाएर गाईलाई ख्वाउनु, आफ्नो पकेटमा सानासाना चाँदीका गोली राख्नु, दूधले स्नान गर्नु, गहुँ र शक्खर मन्दिरमा दान गर्नु, चाँदीको चारपाटे टुक्रा गलामा लगाउनु, केशर वा बेसारको टीका लगाउनु र सुन धारण गर्नु ।

 मीन राशि – दी दू थ झ ञ दे दो चा ची

यस राशिको व्यक्ति गम्भीर चेष्टा गर्ने, शक्तिशाली, बोल्नमा चतुर, मानिसहरूमा श्रेष्ठ, क्रोधी, कृपण, ज्ञानसम्पन्न, श्रेष्ठ गुणहरूले युक्त, कुलमा प्रिय, नित्य सेवाभाव राख्ने, शीघ्रगामी, नृत्य–गीतादिमा कुशल, शुभ दर्शनवाला र भाइबन्धुहरूको प्रेमी हुन्छ । त्यसैगरी पानीको प्रयोगबाट गरिने व्यापारादिबाट धन प्राप्त गर्ने, आफ्नोे पारिवारिक प्रयोजनमा प्रयोगहुने वस्त्राभूषणमा विशेष रुचि राख्ने, अग्लो नाक र ठूलो शरीर भएको, शत्रुनाशक, स्त्रीबाट वशीभूत, सुन्दर आँखावाला, तेजस्वी, पण्डित अथवा विद्वान् हुन्छ । त्यस्तै धनी, मान्य, नम्र, भोगी, प्रसन्न, मातापिता र देवार्चनमा तत्पर, उदार, सुगन्धित वस्तुको व्यवहार गर्ने, जितेन्द्रिय, गुणी, निर्मल बुद्धियुक्त, शस्त्रविद्याको ज्ञाता, शत्रुजयी, निष्कपटी, खरो स्वभावको, धर्मानुरागी, साहित्य र सङ्कीतप्रेमी आदि लक्षणयुक्त हुन्छ । यदाकदा मादकपदार्थ सेवन वा दुष्टाचारमा पनि लाग्न सक्छ । यसका सन्तान असल हुन्छन् । यस राशिको व्यक्तिका मेष, कर्कट, सिंह र धनु राशिवाला व्यक्तिहरू मित्र हुन सक्छन् भने वृष, मिथुन, कन्या र तुला राशिका व्यक्तिहरूसँग वैरभाव हुन सक्छ । मीन राशिको व्यक्तिलाई बुधबार अनिष्ट र बिहीबार शुभ हुन्छ ।