ताजा समाचार


यौन सम्पर्कबाट डेंगुको संक्रमण भएको पुष्टि

 नेपाल बाहक    २३ कार्तिक २०७६, शनिबार ०७:२७     470 जनाले पढ़िसके

काठमाण्डौ , कात्तिक २३ गते ।
डेंगु रोग योन सम्पर्क बाट पनि सर्ने कुराको पुष्टि भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका हुन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो ।
स्पेनको राजधानी मड्रिडका एक जना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।
उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो ।