रामेछाप , कात्तिक २३ गते ।
रामेछापको मन्थलीमा रहेको दिदी बहिनीको बचत तथा ऋण सहकारी संस्था लि को १३ औँ बार्षिक साधरण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । महिलाहरु मात्र शेयर सदस्य रहेको रामेछापको सदरमुकामम मन्थली स्थित दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्ष २ लाख रुपैयाँ खुद बचत गरेको छ । संस्थाको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारण सभामा कोषाध्यक्ष सोभिता न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाले ५३ लाख रुपैयाँको आर्थिक कारोबार गरि सो बचत जम्मा गरेको हो ।
सहकारीकी अध्यक्ष पार्वती पाठकको अध्यक्षता तथा मन्थली नगरपालिका उपप्रमुख मायाँ कार्कीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा सहकारीमा ३ सय २ जना महिलाहरु शेयर सदस्य रहेको जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका उप प्रमुख कार्कीले महिलाहरुको सहकारी र महिलाहरुको विकासको लागि स्थानीय सरकारले पनि सहयोग गर्ने बताइन् । जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहालले सहकारीका सदस्यहरुलाई सहकारीबाट ऋण लिएर आयआर्जनमा लाग्न आग्रह गरे । कार्यक्रमम मन्थली माविका शिक्षक चन्द्रसिं धामी, कमला थापा, प्रविणा दाहाल लगायतले सहकारीको साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।