ताजा समाचार


वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी जानकारी

 नेपाल बाहक    २४ कार्तिक २०७६, आईतवार ०८:३४     268 जनाले पढ़िसके

हामीले हाम्रो दैनिक जीवनमा जानेर होस् या नजानेर विभिन्न खालका गल्तिहरु गरि रहेका हुन्छौ
जसको परिणाम कुनै न कुनै तरिकाले भोगी रहेका हुन्छौ १ जुन कुनै न कुनै कुरामा असफलता हामीले भोगी रहेका हुन्छौ त्यसको दोष हामीलाई बस्तु शास्त्रको ज्ञानको अभाब नै हो भन्ने कुरा हामीलाई बस्तु शात्रको अध्यनबाट थाहा हुन्छ १ जान्नु होस् बस्तु शात्र अनुसार ६ महत्वोपूर्ण जानकारीहरु १

 पढ्दा के गर्ने 
– पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ
– यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ ।
– घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ ।
– परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

 घरमा के गर्ने के नगर्ने

घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ ।
– पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला ।
– पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ ।
– दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ ।
– गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला ।
– घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ ।
– हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।
– घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ ।
– क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् ।
– ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

 आमाबुवासँग छोराछोरीको कुरा नमिलेमा

उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

विवाह हुन नसकेको छोरी घरमा भए – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ ।
– यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

 आयमा बढोत्तरीका  
– घरको मूल व्यक्ति जसले परिवारको लागि कमाउने गर्दछन्  दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ ।
– घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

 नवविवाहित जोडिको कोठा

श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् १