ताजा समाचार


आफ्नै कर्मचारीहरुले जातीय विभेदको आरोप लगाए पछि फेसबुकले माफी माग्यो

 नेपाल बाहक    २४ कार्तिक २०७६, आईतवार ११:५१     457 जनाले पढ़िसके

छिल्लो समय फेसबुक माफी माग्ने मामिलामा निकै अगाडि छ । कहिले प्रयोगकर्ताको गोपनियताका सम्बन्धमा त कहिले राजनीतिक प्रोपोगान्डा र फेक न्यूजका सम्बन्धमा फेसबुकले पटक पटक माफी माग्दै आएको छ ।

यहीँ मेलोमा फेसबुकले फेरि एकपटक माफी मागेको छ । यो पटक चाहीँ आफ्नै कम्पनी भित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेका हो ।

सिएनबिसीको एक रिपोर्ट अनुसार फेसबुककै १२ जना कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत आफुहरुमाथि जातीय रुपमा विभेद भएको गुनासो गरेसँगै फेसबुकले माफी मागेको हो । फेसबुक कम्पनीमा काला, हिस्पानिक र एसियाली महिला कर्मचारीहरुमाथि जातिय रुपमा भेदभाव हुने गरेको ती कर्मचारीहरुको गुनासो छ ।

फेसबुकको कर्पोरेट सञ्चार विभागका उपाध्यक्ष बेर्टी थोम्सनले विज्ञप्तीमा भनेका छन्, ‘फेसबुक मात्र होइन कहीँ कतैपनि कसैलाई यस्तो व्यवहार सैह्य हुन सक्दैन । हामी दुखी छौँ । यो व्यवहार एउटा कम्पनीको रुपमा हामीले राख्ने मान्यता भन्दा विपरित हो । हामीले निरन्तर गुनासोहरु सुन्दै सुधारका लागि कडा मेहेनत गरिरहेका छौँ ।’

फेसबुकका ती वर्तमान तथा पूर्व कर्मचारीहरुले आफ्ना ब्लग पोष्टहरुमा फेसबुकमा काम गर्दा म्यानेजरहरु, जनसम्बन्ध व्यवसायिक साझेदार तथा गोरा सहकर्मीहरुबाट हुने व्यवहार सम्बन्धी आफ्ना अनुभव लेखेका थिए ।