रामेछाप, २५ कात्तिक । मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको २७ औँ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । हुराडेक नेपाल दोलखाको आयोजनामा भएको सो कार्यक्रम तामाकोसी गाउँपालिका अध्यक्ष एवं प्रदेश नं ३ गाउँपालिका महासंघ अध्यक्ष इश्वरचन्द्र पोखरेलको प्रमुख आतिथ्यता र संस्थाको अध्यक्ष उद्धव पोखरेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले हुराडेक नेपाललाई आफ्ने उद्देश्यमा केन्द्रित भएर काम गर्न आग्रह गरे । भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले स्थानीय सरकार सामाजिक संस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन् । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले प्रशासनले संस्थालाई सहयोग र कामको अनुगमन पनि गर्ने बताए ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाकाले गएको आर्थिक वर्षमा सम्पन्न गरेको कामको प्रभावको सामाजिक परिक्षण प्रतिवेदन समेन प्रस्तुत गरिएको थियो । कर्ण नेपालीले प्रस्तुत गरेको प्रतिवेदन माथि सहभागिहरुले विभिन्न सुझाव दिएका थिए ।
साधाण सभामा संस्थाका सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको संस्थागत तथा आर्थिक प्रतिवेनलाई समेत परिमार्जन सहित अनुमोदन गर्ने निर्णय भएको संस्थाका कार्यकारी निर्देशक सुन्दर लामीछानेले जानकारी दिए ।